Monday, May 13, 2013


जेष्ठ २ गते तरुण दलले शक्ती प्रदर्शन गर्ने

वैशाख ३०,पोखरा

नेपाल तरुण दल पोखरा १३ ले जेष्ठ २ गते बिहीवार आफ्नो शक्ती प्रदशन गर्ने भएको छ । हरेक पार्टीका भातृ सस्थाले पछिल्लो समयमा आफ्नो शक्ती प्रदर्शन गर्ने होडबाजी चलेको बेलामा नेपाल तरुण दलले पनि आफ्नो शक्ती प्रदर्शन गर्न लागेको हो ।



संविधानसभाको निर्वाचनलाई मध्यनजर गदै आगामी चुनावमा नेपाली कांग्रेसको पक्षमा जनमत पार्न यो कार्यक्रम गर्न लागेको नेपाल तरुण दल वडा इकाई समिती पोखरा–१३ का अध्यक्ष दिपक गुरुङ्गले जानाकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य गगन थापा रहने र उल्लेखीय रुपमा नेपाली कांग्रेस एवं भातृ सस्थाका नेता एवं शुभेच्छुकको उपस्थिती रहने पनि उनले जानकारी दिए ।

No comments:

Post a Comment