Monday, May 13, 2013


चापाघाटमा ज्येष्ठ नागरिकका लागि आश्रम

तनहुँ बैशाख ३० ।

तनहुँ तथा आसपासका सहारावीहिन ज्येष्ठ नागरिकहरुका लागि लक्षित गर्दै व्यास नगरपालिकाको चापाघाटमा जेष्ठ नागरिक आश्रम स्थापना गरिएको छ ।


दमौलीका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुको सक्रियतामा स्थापना गरिएको केन्द्रले सन्ततीबाट अपहेलित बेसाहारा ज्येष्ठ नागरिकलाई आश्रय दिने हालै स्थापित वेदव्यास ज्येष्ठ नागरिक आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठले बताइन् ।

दमौली आसपासका ९० जना महिलाहरुले २ हजार रुपैयाँ उठाएर स्थापना गरेको आश्रमको आज शुभमुहुर्त गरियो । आश्रमको चाँडै नै औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

आश्रमले शुरुमा ६ जनाबाट सेवा शुरु गर्ने लक्ष्य राखेको छ । व्यास ७ चापाघाटमा घर भाडामा लिएर स्थापना गरिएको आश्रममा अहिले ६ जनालाई आश्रय दिइएको छ ।

No comments:

Post a Comment