समाचार

नेकपा–माओवादी रोल्पाको अन्तक्रिया कार्यक्रम सम्पन्न

माधव कुमार वली/रोल्पा, चैत ७, नेकपा–माओवादी रोल्पाले जिल्लाका सरोकारवाला निकायसँग ‘नेपालको वर्तमान राजनीतिक संकट र अग्रगामी निकास’ विषयक अन्तक्र्रिया मंगलवार लिवाङमा सम्पन्न गरेको छ ।

    मुलुकमा विद्यमान राजनीतिक संकटका कारण अर्थतन्त्रमा नकारात्मक असर परेकाले तत्काल निकास दिई अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए । कार्यक्रमका सहभागीहरुले चरम राजनीतिक अस्थिरताले देश आक्रान्त भइसकेको र विकासका गतिविधिहरु अलपत्र परेको सहभागीहरुको भनाइ थियो ।
    कार्यक्रममा नेकपा माओवादी रोल्पाका सेक्रेटरी केश बहादुर बाँठा ‘सुवास’, नेपाली काँगे्रसका विश्वकुमार चन्द, जनमुक्ति पार्टीका अध्यक्ष नन्दबहादुर पुन, राष्ट्रिय जनमोर्चाका दिलबहादुर बि.क., पूर्वसभासद लेखनाथ आचार्य, नेपाल बार एसोसियसन रोल्पाका अक्ष्यक्ष माधवप्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेकपा–माओवादी रोल्पाका सुन्दर वलीले गरेका थिए ।

No comments:

Post a Comment