Thursday, April 11, 2013


विग एफएमले नयाँ वर्षमा हरेक दिन मोबाईल बाँड्ने
पोखरा, २९ चैत ।
नयाँ वर्ष २०७० लाई स्रोताहरुसंगै मनाउने उद्देश्यअनुरुप विग एफएम १०१.२ मेगाहर्जले ‘गुडलक ७०’ नामक विशेष गेम शो गर्ने भएको छ । बैशाख १ गतेदेखि ७ गतेसम्म चल्ने रेडियो गेम शोमा सहभागी भएर स्रोताहरुले दैनिक एउटा कलर्स मोबाईल जित्न सक्ने एफएमले जनाएको छ । स्रोताहरुले रेडियो गेम शो मा एसएमएसमार्फत सहभागिता जनाउन सक्नेछन् ।



‘हामीलाई सुन्ने स्रोताहरुलाई केहि नयाँ वर्षको अवसरमा केहि उपहार प्रदान गरौँ भनेर हामीले यस्तो खाले रेडियो गेम शोको आयोजना गरेका हौँ ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘गेम शो मा सहभागि हुने भाग्यमानी स्रोताहरुले दैनिक रुपमा एउटा मोबाईल प्राप्त गर्नेछन् ।’ रेडियो गेम शो ‘गुडलक ७०’ हरेक साँझ ८ बजेबाट शुरु हुने उनले जानकारी दिए ।

कार्यक्रम अन्तरगत स्रोताहरुलाई हरेक दिन एउटा साधारण प्रश्न सोधिनेछ । सोधिएको प्रश्नको सहि  उत्तर स्रोताहरुले एसएमएसमार्फत पठाउनुपर्नेछ । सहि उत्तर एसएमएस गर्नका लागी स्रोताहरुले मोबाईलको म्यासेज बक्समा गई द्यक्ष्न् कउबअभ ँः अनि सहित उत्तर टाईप गरेर ४३२१ मा पठाउनुपर्ने एफएमले जनाएको छ । नयाँ वर्ष विशेष रेडियो गेम शो लाई मोबाईल कम्पनी कलर्स एक्स फ्याक्टरले प्रायोजन गरेको छ ।

सहि उत्तर पठाउने स्रोताहरु मध्येबाट साँझ ८ बजे हुने कार्यक्रममा एक जनालाई लक्की ड्र मार्फत विजेता घोषित गरिने एफएमले जनाएको छ । विशेष गरि रेडियो गेम शो कै कारणले पश्चिमाञ्चलको नम्बर वान एफएम बन्न सफल विग एफएमले चाँडै नै गायन प्रतियोगिता ‘विग आईकन’ गर्ने जानकारी दिएको छ । विग आईकनका लागी अहिले आवेदन फाराम वितरण भैरहेको छ ।


No comments:

Post a Comment