Wednesday, April 17, 2013


प्रहरी व्यस्तता बढ्यो
रोकिएन गुण्डागर्दी, जुवातास र मदिरापान
पोखरा, ४ बैशाख ।

प्रहरीले गुण्डागर्दी विरुद्ध ‘जलकुम्भी अभियान’ चलाएपनि पोखरामा गुण्डागर्दीको क्रियाकलाप भने रोकिएको छैन । प्रहरीले अभियानलाई तीव्रता दिँदै गएपनि गुण्डागर्दी गरेको आरोपमा लगालग मान्छेहरु समातिनुले यसको पुष्टी गरेको छ ।

जलकुम्भी अभियान अन्तरगत नै प्रहरीले बुधबार लेखनाथबाट ९ जनालाई गुण्डागर्दीको आरोपमा पक्राउ गरेको छ । लेखनाथ नगरपालिकाले आव्हान गरेको सडक निर्माणको टेण्डर दर्ता गर्ने क्रममा होहल्ला गरी टेण्डरवालालाई बाधा पु¥याउन खोज्ने तथा ठेक्का पट्टा गर्ने ठेकेदार सँग रकम माग गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।


ठेकेदारलाई पैसाको माग गरेको आरोपमा समातिनेहरुमा लेखनाथका ४० वर्षिय राजु गुरुङ, २५ वर्षिय चन्द्र पुन, ३५ वर्षिय राजु गुरुङ, २५ वर्षिय किरण गुरुङ, ३० वर्षिय शेरबहादुर गुरुङ, २४ वर्षिय सुशिल तामाङ, २५ वर्षिय गणेश आले, २१ वर्षिय अमिर गुरुङ र २१ वर्षिय प्रेमबहादुर गुरुङ रहेका छन् ।

त्यस्तै बुधबारै प्रहरीले बगर ट्याक्सीचोकबाट २ जनालाई गाँजा सहित पक्राउ गरेको छ । तालिम प्राप्त कुकुरसहितको टोलीले बगरबाट उनीहरुलाई २ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो । उनीहरुको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । त्यस्तै ट्याक्सीचोकबाटै प्रहरीले ५ जना जुवाडेहरुलाई नगद सहित पक्राउ गरेको जानकारी दिएको छ ।

त्यसैगरि प्रहरीले बुधबार पोखराको विभिन्न स्थानमा पुगेर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको छ । प्रहरीले पोखराको जाल्पारोडबाट घरेलु रक्सी बनाउने कच्चा पदार्थ ५३ ड्रम, १२० लिटर घरेलु रक्सी, रक्सी बनाउने भाडा १ सेट र ३ जनालाई पक्राउ गरेको छ । घरेलु मदिरा नष्ट गर्ने प्रहरीको अभियान अन्तरगत प्रहरीले घर घरमा पुगेर सर्च गर्ने क्रममा पोखरा १० र ११ स्थितका विभिन्न स्थानबाट घरेलु रक्सी बनाउने कच्चा पदार्थ ३१ सय लिटर, घरेलु रक्सी २६० लिटर र ९ जना मानिसलाई पक्राउ गरेको छ । त्यस्तै पोखरा १७ सिमलटुडाबाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ १० ड्रम र पोखरा १ कसेरीमार्गबाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ ३० ड्रम सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment