जीप दुर्घटनामा एकको मृत्यु ७ घाईते
चैत्र २२
गुल्मीको खड्कोट गाविसस्थित बरग्वादेखि पुर्तिघाट तर्फ जाँदै गरेको लु१ज २०६० नम्वरको जीप गएराती दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ७ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा पुर्तिघाट निवासी जीपका सहचालक २१ वर्षिय आविश्कार श्रेष्ठ रहेका छन् । गम्भीर घाईते भएका श्रेष्ठलाई उपचारका लागि पाल्पा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी खड्गकोट उल्लेरीका पुरुषोत्तम ज्ञवाली, विश्व ज्ञवाली, पार्वती थापा मगर, ममता थापा मगर र सुमन श्रेष्ठ घाईते भएका छन् । घाईतेहरुको मिसन अस्पताल पाल्पामा उपचार भैरहेको स्थानीय एकनारायण पराजुलीले जानकारी दिए ।

No comments:
Post a Comment