लायन्स क्लब अफ पोखरा सुन्दर नगरीमा थापा
पोखरा, २४ चैत्र
लायन्स क्लब अफ पोखरा सुन्दर नगरी वर्ष १३÷१४ का लागि थिरबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
जसको प्रथम उपाध्यक्षमा लायन तोयाराज अधिकारी, द्वितीय उपाध्यक्षमा लायन तारानाथ लम्साल, तृतीय उपाध्यक्षमा लायन नेत्र ज्ञवाली, सचिवमा लायन महेश पौडेल, कोषाध्यक्षमा लायन दीपक शर्मा नेपाल, सह–सचिवमा लायन देवराज न्यौपाने, सह–कोषाध्यक्षमा लायन शोभाखर भण्डारी, टेलट्वीष्टर लायन हरिश्चन्द्र शर्मा, टेमर लायन प्रकाश सुवेदी, मेम्बरसीप चेयरपर्सन लायन भीम सुवेदी र पि आर ओ लायन शिव थापामगर चयन हुनुभएको छ ।
त्यसैगरी, एजुकेशन डाइरेक्टर लायन लीलाधर न्यौपाने, हेल्थ डाइरेक्टर लायन पदमबहादुर ढकाल, डाइरेक्टर इन्टरनेशनल लायन यज्ञराज पौडेल, स्पोर्टस् डाइरेक्टर लायन सोमकुमार श्रेष्ठ, कम्युनिटी डाइरेक्टर लायन रामेश्वर अधिकारी, म्यूजिक डाइरेक्टर लायन विनित जोजिजू, कोअर्डिनेटर सुशान्त पौडेल र मिडिया डाइरेक्टर लायन सुरज थापामगर रहनुभएको छ । निर्वाचन समितिमा संयोजक लायन दीनबन्धु पौडेल, सदस्य लायन प्रमोद पौडेल र सदस्य लायन राजेश्वर आचार्य रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रिजन चेयरपर्सन एम जे एफ लायन दीनबन्धु पौडेलले लायन्स क्लब अफ सुन्दर नगरी नयाँ क्लब भएतापनि छोटो समयमा पूराना क्लबहरूले भन्दा राम्रा उदाहरणीय काम गरेकोमा प्रशंसा गर्नुहुँदै अब आउने नयाँ कार्यसमितिले लायन्सको सिद्धान्त अनुसार नै रहेर अझ बढी राम्रो काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जोन चेयर पर्सन लायन राजु अधिकारी, मदर क्लब गोल्डेन चौतारीका अध्यक्ष लायन प्रमोदप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अध्यक्ष थिरबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव महेश पौडेलले गर्नुभएको थियो भने लायन तोयानाथ अधिकारीले स्वागत र लायन लीलाधर न्यौपानेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो
No comments:
Post a Comment