दाङ–पोखरा सम्पर्क समिति गठन
पोखरा, २४ चैत ।
दाङ जिल्ला स्थायी घर भई हाल पोखरामा रहेका ब्यक्तिहरुबीच आपसी भाइचाराको बुद्धि गर्ने उद्देश्यले शनिबार समिति गठन भएको छ । समितिले दाङबाट कास्कीमा बैवाहिक सम्वन्ध भएका महिला दिदीबहिनीहरुलाई समेत समेटने बताएको छ ।
समिति गठन गर्न राधा केसी र सरिता कार्कीले विशेष सहयोग पु¥याएको तदर्थ समितिले जनाएको छ । शनिबार पोखरामा गिरा कोइरालाको अध्यक्षतामा बसेको भेलाले गिरीराज केसीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । करिव १ सय ५० सहभागि भेलाले उपाध्यक्षमा शारदा कार्की, सचिवमा विष्णु हमाल, कोषाध्यक्षमा सरिता कार्की र सदस्यहरुमा विश्वमायाँ बास्तोला, बिक्रम पन्त, भावना शाही, दामा कार्की, अमर चौधरी रहेका छन् । भेलाले मिरा कोइराला, न्यायधिस डिल्लीराज आचार्य, डा. प्रदिप घिमिरे, माटो विज्ञ इन्द्रबहादुर ओलीलाई सल्लाहकारमा चयन गरेका छन् । यसैगरि सो भेलाले अथिति सल्लाहकारमा विरेन्द्र कार्कीलाई चयन गरेको छ । कास्कीमा दाङबाट पोखरा आई विभिन्न पेशा ब्ययवसाय गर्नेहरुबीच परिचय बढाउँदै रचनात्मक सामाजिक कार्य गर्ने बताएका छन् ।
No comments:
Post a Comment