मतदाता नामावली संकलन तत्काल स्थगित
काठमाडौ, चैत्र १९ –
निर्वाचन आयोगले तत्कालका निम्ति फोटोसहितको मतदाता नामावली संकलन कार्य स्थगित गर्ने निर्णय गरेको छ । नेकपा-माओवादीलगायत ३३ दलले नामावली संकलनमा अवरोध पुर्याएपछि तत्कालका निम्ति रोकेको हो । आयोगले गृहमन्त्रालयको नागरिकता टोलीसँगै फोटोसहितको मतदाता नामावली संकलन गर्नेसमेत भनेको छ ।
'नयाँ टोली तत्काल नखटाउने निर्णय भएको छ,' आयोगको कानुन महाशाखा प्रमुख सहसचिव मधुप्रसाद रेग्मीले कान्तिपुरसित भने, 'अहिले गाविस र नगरपालिकाको वडा वडामा खटिएका टोली आफ्नो तोकिएको समयमा काम पूरा गर्नेछन् । गृह मन्त्रालयले खटाउने नागरिकता टोलीसँगै एउटै खर्चमा मतदाता नामावली संकलन गर्ने निर्णय भएको छ
No comments:
Post a Comment