थानीय विकास निर्माण तथा सेवाको समुदायमा आधारीत अनुगमन सम्बन्धी अभिमुखीकरण कार्यक्रम ।।
पोखरा, चैत २१ । नारी सेवा केन्द्रको आयोजना तथा स्थानीय शासन उत्तरदायी संयन्त्रको सहयोगमा स्थानीय विकास निर्माण तथा सेवाको समुदायमा आधारीत अनुगमन सम्बन्धी अभिमुखीकरण कार्यक्रम कास्कीका तिन गा.वि.स. मा सम्पन्न भएको छ ।
स्थानीय निकायद्धारा सञ्चालीत विकास आयोजनाहरु कार्यान्वयन तथा अनुगमनमा नागरीक संग्लनताको सुनिश्चतता सहित आयोजना कार्यन्वयनमा पारर्दशीता, गुणस्तरीयता तथा प्रभावकारीता वृद्धि गर्ने लक्ष्यका साथ सुरु भएको अभिमुखीकरण कार्यक्रम फागुन १९ देखी २१ गते सम्म क्रमशः पुरन्चौर, भरतपोखरी र पुम्दी भुम्दी गरी तिन वटा गा.वि.स. मा चलेको थियो ।
कार्यक्रममा अनुसन्धान सहायक सरु अधिकारीले परियोजनाको उद्देश्य स्थानीय निकायको अनुदानमा संचालित योजनामा पुर्ण जवाफदेहिता, पारदर्शिता तथा गुणस्तरियता स्थापनाका लागि लक्षित वर्ग, समुदाय तथा नागरिकको क्षमता अभिवृद्धि गराउनु रहेको जानकारी गराइन् । कार्यक्रमको सहजिकरण सुर्य पौडेलले तथा कार्यक्रम सहायक मञ्जु नेपालीले परियोजना कार्यान्वयन विधिको बारेमा प्रष्ट पारेकी थिइन् । साथै पुरन्चौर गा.वि.स. सचिव राम प्रसाद पालीखे, भरतपोखरी गा.वि.स. सचिव गंगादत्त पौडेल र पुम्दीभुम्दी गा.वि.स. सचिव गुरु प्रसाद पौडेल तथा अन्य अधिकांश सहभागीले स्थानीय विकास निर्माण तथा सेवाको बारेमा सरोकारवालाहरुले चासो राख्नुपर्नेमा जोड दिएका थिए । स्थानीय विकास निर्माण अन्र्तगत पुरन्चौरमा उपाभोत्ता समिति द्धारा सञ्चालीत बहुरेली कुलो, भरतपोखरीमा ठेक्काद्धारा सञ्चालीत ग्रामीण सडक र पुम्दी भुम्दीमा उपाभोत्ता समिति द्धारा सञ्चालीत सेराखोला सेराघाट खानेपानी आयोजना रहेका छन् । कार्यक्रममा स्थानीय राजनीतीक संयन्त्र, उपभोक्ता समिति, युवा क्लव, आमा समुह, बाल क्लव, वडा नागरीक मञ्च, पारालिगल, स्वास्थ्य, कृषी प्रतीनीधीहरुको सहभागीता रहेको थियो ।

No comments:
Post a Comment