Monday, April 1, 2013

प्रचण्डका छोरा प्रकाशको निलम्बन फुकुवा काठमाडौं, चैत १९ एकिृकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निलम्बन फुकुवा गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा सोमवार बसेको पदाधिकारी बैठकले प्रकाश दाहालको निलम्बन फुकुवा गरेको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।अर्काकी श्रीमति भगाएर लगेको आरोपमा माओवादीले प्रकाशलाई पार्टीको कुनै पनि निकायमा नरहने गरी निलम्बन गरेको थियो । प्रकाशको निलम्बन फुकुवा भए पनि प्रकाशसँगै भागेकी विना मगरको निलम्बन भने कायमै छ ।
पोहोर सगरमाथा आरोहणका क्रममा प्रेमसम्बन्ध सुरु भएपछि प्रकाश र बिना गत असारमा भागेका थिए । कारवाही अघि उनीहरु दुवै राज्य समिति सदस्य थिए । बिनालाई भगाउनुअघि नै २ वटा विवाह गरीसकेका प्रकाश एक छोराका पितासमेत हुन् ।प्रचण्ड सहयोगी खकुरेलले प्रकाश केन्द्रीय कार्यालय मातहत रहेकाले प्रस्ताव आएको र बैठकले फुकुवा गरेको जानकारी दिनुभयो । तर विनाको कार्य क्षेत्र नेवाःराज्य अन्तरगत रहेकाले प्रस्ताव नआएकाले निर्णय नभएको जानकारी उहाँले दिनुभयो आइतवार त्रिबी क्रिकेट मैदान किर्तिपुरमा नेपाल र सिंगापुरबीचको एसिसी ट्वान्टी–ट्वान्टी क्रिकेट खेल हेर्न पुगेपछि प्रकाश नेपालमै भएको खुलासा भएको थियो ।यस्तै सोमवारको पदाधिकारी बैठकले चुनाव सार्ने षडयन्त्र भईरहेको भन्दै असारमै चुनाव गर्नुपर्नेमा जोड दिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चुनाव सार्नुपर्छ कतै नभनेको जिकिर समेत गर्नुभएको छ ।

No comments:

Post a Comment