Wednesday, April 17, 2013


विग एफएममा दुई जनाले कलर्स मोबाईल प्राप्त गरे

पोखरा, ४ बैशाख ।

नयाँ वर्षको अवसर पारेर विग एफएमले संचालन गरेको रेडियो गेम शो ‘कलर्स एक्स फ्याक्टर गुडलक ७०’ को तेस्रो दिन सिमलचौरका सन्तोष कुमार रजतले कलर्स मोबाईल हात पारेका छन् । गेम शोमा पहिलो दिन छोरेपाटनकी धना राई र दोस्रो दिन ड्यामसाईडकी सरिता सापकोटाले कलर्स मोबाईल जितेकी थिईन् ।

एफएमबाट सोधिएको प्रश्नको सहित उत्तर दिएका मध्येबाट लक्की ड्र गर्दा उनीहरुले कलर्स मोबाईल जितेका हुन् । एफएमले नयाँ वर्षको अवसरमा एक हप्तासम्म यसरी नै दैनिक एक जनालाई मोबाईल जिताउने बताएको छ ।


‘एफएममा सोधिने प्रश्नको उत्तर साँझ आठ बजेसम्ममा स्रोताहरुले एसएमएस मार्फत दिने व्यवस्था मिलाएका छौँ ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘सामान्य प्रश्न सोधिने भएकोले सहि उत्तर दिनेहरु धेरै हुनुहुन्छ ।’ पहिलो दिन सोधिएको प्रश्नको उत्तर दिनका लागी स्रोताहरुबाट ४ हजार भन्दा बढि एसएमएस प्राप्त भएको बस्यालले जानकारी दिए ।

कार्यक्रम अन्तरगत स्रोताहरुलाई हरेक दिन छुट्टाछुट्टै प्रश्न सोधिने एफएमले जनाएको छ । सोधिएको प्रश्नको सहि  उत्तर स्रोताहरुले एसएमएसमार्फत पठाउनुपर्नेछ । सहि उत्तर एसएमएस गर्नका लागी स्रोताहरुले मोबाईलको म्यासेज बक्समा गई द्यक्ष्न् कउबअभ ँः अनि सहित उत्तर टाईप गरेर ४३२१ मा पठाउनुपर्ने एफएमले जनाएको छ । नयाँ वर्ष विशेष रेडियो गेम शो लाई मोबाईल कम्पनी कलर्स एक्स फ्याक्टरले प्रायोजन गरेको छ ।

विशेष गरि रेडियो गेम शो कै कारणले पश्चिमाञ्चलको नम्बर वान एफएम बन्न सफल विग एफएमले चाँडै नै गायन प्रतियोगिता ‘विग आईकन’ गर्ने जानकारी दिएको छ । विग आईकनका लागी अहिले आवेदन फाराम वितरण भैरहेको छ ।

No comments:

Post a Comment