नेपाल बन्दका लागि सिट्टी जुलुस
चैत्त २४
नेकपा–माओबादी सहितका दलहरुले भालि आयोजना गर्न लागेको नेपाल बन्दको प्रचारका लागि पोखरामा सिट्टी जुलुस निकालीएको छ ।
पोखराको लखनचोक बाट सुरु भएको जुलुस नयाँबजार , भिमसेनचोक हुदै चिप्लेढुगाँमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेकपा माओबादीका कास्कि जिल्ला सेक्रेटरी रुपेश वाग्लेले संबोधन गरेका थिए । माओबादीको अबरोधले सरकार मतदाता नामावली संकलनमा असफल सिद्ध भैसकेको भन्दै उनले अब पनि माओबादीका मागमा सकारात्मक नहुने हो भने बिगतमा गाऊ देखि सहर नभई अब भने शहर देखि गाऊ घेर्न माओबादी सक्षम रहेको बताए । भालिको नेपाल बन्द यो कठपुतली सरकार बर्खास्त गरि गोलमेच सभा मार्फत नयाँ अन्तरिम सरकार गठन गर्नुपर्ने माग सहि तगर्न लागिएकाले सरकार कान नसुन्ने भएकाले बाद्य भएर यस्ता कार्यक्रम गर्न परेको बाग्लले बताएका थिए ।
No comments:
Post a Comment