एमाले समर्थीत भूपूको क्षेत्रीय भेला सम्पन्न
पोखरा २४, चैत ।
नेकपा एमाले समर्थीत नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन कास्की क्षेत्र नं. २ को क्षेत्रीय भेला शनिबार सम्पन्न भयो ।
भेलाको उद्घाटन संगठनका केन्द्रीय उपाध्यक्ष सु.मनबहादुर गुरुङले गरेका थिए । उद्घाटन गर्दै गुरुङले भूपूको परिचयले समाजमा केही गरेर देखाउनु पर्ने बताउँदै देश, जनता र राष्ट्रको समृद्धिका लागि भूपूहरूले आफ्नो बलबुताले भ्याए सम्म प्रयात्न गर्नु पर्ने जनाए ।
कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य लालकाजी गुरुङ, एमाले कास्कीका सदस्य प्रकाश सिग्देल, क्षेत्र नं. २ का अध्यक्ष जीवनप्रसाद आचार्य, भूपू सैनिक संगठनका केन्द्रीय सदस्य लोकबहादुर कार्की, संगठनका जिल्ला अध्यक्ष क्या। धनबहादुर गुरुङ, सचिव धर्मदत्त तिमिल्सिना, सह–सचिव क्या. प्रेमबहादुर गुरुङ, एमाले क्षेत्र नं. २ का उपाध्यक्ष धु्रव पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले टोलबहादुर थापा मगरको अध्यक्षतामा १० सदस्यीय नयाँ कमिटी समेत गठन गरेको छ । जसमा उपाध्यक्ष प्रेमबहादुर कार्की, सचिव लोकबहादुर थापा, सह–सचिव कृष्णबहादुर पौडेल, कोषाध्यक्ष कृष्णबहादुर पुन र सदस्यहरूमा नन्दप्रसाद तुलाचन, देवीकला सुनार, हरिदास गुरुङ, जगन बहादुर गुरुङ, कृष्णबहादुर गुरुङ रहेका छन्
No comments:
Post a Comment