Saturday, April 6, 2013


तनहुँका विभिन्न स्थानमा आगालागी ३ घर जले
पवन पौडेल
तनहुँ चैत्र २४ ।
तनहुँको विभिन्न गाविसमा भएको आगलागीमा परि आज २ घर जलेर न ष्ट भएका छन् भने एक घरमा आंशिक क्षति पुगेको छ ।
आज विहान विद्युत लाईन सर्ट भै आगो लाग्दा तनहुँको चोकचिसापानीका भरत सापकोटाको घरमा डेढ लाखको क्षति भएको छ ।

आगलागीबाट घरको एक कोठामा रहेका नगद,जिन्सी तथा लत्ताकपडा गरी सो परिमाणको क्षति भएको प्रहरीले जनाएको छ ।
आगोलाई स्थानिय र रुपाकोट प्रहरी चौकीबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । घरको अन्य भाग भने जल्न नपाएको बताइएको छ ।
यसैबिच,तनहुँको भानु ७ भकुनथोकमा आज दिउँसो भएको आगलागीमा परी दुई घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट स्थानिय राम बहादुर नेपाली र समशेर नेपालीको घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।
राम बहादुरको घरबाट शुरु भएको आगो सल्केर छिमेकी समशेरको घरमा समेत पुगेको थियो ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण नआएपनि मानविय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment