Monday, March 25, 2013

चैत १को घोषणा बदर नभएसम्म कुनैपनि काम सम्पन्न हुन दिँदैनौ ः गुरुङ चैत्र १२ नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङ्गले चैत १ को घोषणा बदर नभएसम्म कुनैपनि काम सम्पन्न हुन नदिने चेतावनी दिएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ पर्वतले सोमवार सदरमुकाम कुश्माबजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै सचिब गुरुङले चैत्र १ गतेको घोषणा पत्रको वदर गरि दलहरुबिच सम्वादको टेवुल खडा गरेर र संयुक्त सरकार नबनाएसम्म कुनैपनि गतिवधि सफल हुन नसक्ने बताए । संवैधानिकसम्वत तरिकाले बाटो तयार गरे माओवादी जुनसुकै निर्णय मान्न पनि तयार रहेको बताउँदै गुरुङले अन्तरीम संविधानलाई सिध्याउने गरी गरिएको निर्णय कुनैपनि हालतमा मान्य नहुने बताए । उनले चैत १ गतेको आदेश बदर गर्नेवित्तिकै विकल्पहरु खडा भैहाल्ने उल्लेख गरेका छन् । संविधान मिचेर मुलुकलाई संकटतर्फ धकेल्न जुन हरकत गरिदैछ त्यसको प्रतिकार गर्नुको विकल्प नभएको बताउँदै सेनाको घेरावन्दीमा स्वच्छ र सफल निर्वाचन हुन नसक्ने बताए । राज्यको श्रोत र साधनको दुरुपयोग गरेर असंवैधानिक कार्य गर्न खोजे त्यसको बदला इतिहासले लिने गुरुङ्गको भनाई छ । असंवैधानिक ढंगले गर्न खोजिएका क्रियाकलापको नेकपा–माओवादीले पुर्ण रुपमा असफल बनाइदिने बताउँदै गुरुङले २÷४ जना विदेशी एजेन्टहरुको बलमा गरिएको चुनाव कुनै हालतमा पनि सफल हुन नसक्ने बताए । मुलुकको जीवन मरणको अवस्था आएकोले टाउँकोमा कफन बाँधेर भएपनि त्यसको प्रतिकार गरिछाड्ने गुरुङको भनाई छ । विदेशीको ईशारामा लोकतन्त्रको समाप्त गरि प्रधानन्यायाधिशलाई देशको जिम्मेवारी सुम्पिनु देशको लागि घातक भएको बताउँदै गुरुङले राजा महेन्द्र र ज्ञानेन्द्रले भन्दा पनि खतरनाक खेल खेलेर राजनीतिक दलको अस्तित्व समाप्त गर्न खोजिएको बताए । ४ दलका शिर्ष नेताहरु असफल भएर प्रधानन्यायधीशलाई सत्ता सुम्पिएर संबैधानिक कु गरेकाले विधीको शासन समेत समाप्त भएको गुरुङ्गको धारणा थियो ।

No comments:

Post a Comment