पोउबा संघमा सिन्धुपाल्चोक उबा संघको प्रतिनिधीमण्डल
पोखरा, १२ फागुन
पोखरा र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका प्रतिनिधीमण्डल बीच ब्यवसाय प्रवद्र्धन र उद्योग÷ब्यवसायको क्षेत्रमा देखिएका समस्या बारे छलफल भएको छ । पोखरा भ्रमणमा आएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको प्रतिनिधीमण्डलको सम्मानमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उद्योग ब्यवसायमा देखिएका समस्याबारे छलफल भएको हो ।
सो अवसरमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले पोखरा उद्योग बाणिज्य संघले ब्यवसायीक हित र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा गरेका कामहरुको चर्चा गर्दै सुन्दर पोखरा बनाउने अभियानमा संघ निरन्तर क्रियाशिल रहेको जानकारी दिए । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले राजधानीसँग जोडिए पनि सिन्धुपाल्चोक विकासमा पछि परेको उल्लेख गर्दै जिल्लामा जलविद्युत र पर्यटनको ठूलो संभावना रहेको जानकारी दिए । कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका सचिव चीरञ्जिवी पोखरेलले प्राकृतिक सम्पदा हुँदैमा त्यहाँको पर्यटन प्रवद्र्धन नहुने भएकोले बजारीकरणमा ध्यान दिन आग्रह गरे । कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विन्द ुकुमार थापा, द्धितीय उपाध्यक्ष ईश्वर कर्माचार्य, महासचिव नारायण कोइराला, कार्यसमिति सदस्य विश्वशंकर पालिखे, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रामहरि थापा, तृतीय उपाध्यक्ष धनलाल श्रेष्ठ, संचारकर्मी दीनेश लामा लगायतले बोलेका थिए ।

No comments:
Post a Comment