Monday, March 25, 2013

तनहुँको गजरकोटमा बस र्दुघटना एकको मृत्य,८ घाईते तनहुँ, १२ चैत । तनहुँको भिमादबाट गजरकोट गाविसतर्फ जाँदै गरेको ध १ ख १९९ नम्बरको मिनिबस खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना घाईते भएका छन् ।
गजरकोट ८ स्थित कवास्दी खोलामा खस्दा त्यसमा सवार घिरिङसुन्धाराका २६ बर्षका नैनसिंह थापाको ज्यान गएको हो । साँघुरो सडकबाट करिब ३५ मिटर तल खोलामा बस खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

No comments:

Post a Comment