Wednesday, March 27, 2013

निम्स पोखराले प्रत्येक वर्ष छात्रवृत्ति वितारण गर्ने पोखरा १४ चैत्त विगत वर्षहरुबाट एक एल सी पछिका तयारी कक्षा संचालनमा पश्चिाञ्चल कै अग्रणी संस्था नाइटेङ्गगेल इन्ष्टिच्युट अफ मेडिकल स्टाडिज निम्स पोखराले प्रत्येक वर्ष चार जनालाई छात्रवृत्ति वितारण गर्ने भएको छ ।
गरिव जेहेन्दार विद्यार्थीहरुलाई मध्यनजर गर्दै निम्स पोखराले हरेक वर्ष गरिव जेहेन्दार तथा उत्कृष्ट विभिन्न कक्षाका चार विद्यार्थीलाई एक वर्ष फ्रि अध्यापन गराउने प्रोप्राइटर राजु ढकालले जानकारी दिनुभयो । उहाँले नयाँ व्यवस्थपानका साथ पोखराको चिप्लेढुंगा निभा गल्लीमा यहि चैत्त १८ गते देखी संचालनमा आउन लागेको उक्त इन्ष्टिच्युटले विगतका वर्षहरुमा पनि निम्स पोखरा ब्रान्जका माध्यम बाट विभिन्न कक्षाहरु संचालन गर्दै आएको जानकारी दिनुभयो । उक्त छात्र वृत्तिबाट निमुखा तथा जेहेन्दार विद्यार्थीका लागी ठुलो राहत हुने दावी गर्नुभयो । वर्षिक रुपमा लाखौ रुपैयाँको कोर्षमा चार जना लाइ पुर्ण रुपमा फ्रि गराउदा गरिव तथा ट्यालेन्ट विद्यार्थीको सम्मान समेत हुने आशा व्यक्त गर्नुभयो । प्रोप्राइटर ढकालले एस एल सी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाइृ ध्यानमा राखी इन्स्टीच्युटले नयाँ कक्षाहरु संचालनमा ल्याएको बताउनुभएको छ । निम्स पोखराले स्टाफ नर्स दश जोड दुइ साइन्सको व्रिज कोर्ष साथै एम विवि एस, वि एस्सी नर्सिङ्ग, वि एम एल टि लगायतका तयारी कक्षा संचालनमा ल्याएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment