Wednesday, March 27, 2013

आफुखुशी भाडा असुली गर्ने ट्याक्सीलाई कारवाही चैत्र १४ पोखरा उपत्यकामा संचालनमा रहेका भाडाका ट्याक्सीहरुमा मिटर जडान नगरी जथाभावी आफुखुशी भाडा असुल गरेको भन्दै जिल्ला प्रहरी कार्यलय कास्किले ९० वटा टयाक्सी लाई कार्वाही गरेको बताएको छ । पटक पटक सुचना जारी गरि मिटर राख्न अनुरोध गर्दा पनि बेवास्था गरी सवारी चलाएपछि कारबाही गरिएको प्हरीले जानकारी दिएको छ । नियम बिपरित यात्रु ठग्ने प्रवृत्तीलाई नियन्त्रण गर्न सरोकारवालाहरु सम्मिलित बैठकबाट भएको निर्णय अनुसार कावार्ही गरिएको प्रहरीको दाबि छ ।
मिटर भएर पनि मिटरमा संचालन नगरी आफुखुशी भाडा असुल गर्ने ३८ वटा मिटर राख्ने प्रकृया नै शुरु नगरी मिटर नै नराखेका ५० वटा ,रिजर्भमा संचालन गरी रिजर्भ प्लेट नराख्ने २ वटा टयाक्सीलाई कार्वाही गरिएको हो । साथै पोखरामा संचालन हुने ट्याक्सीहरुले अनिवार्य रुपमा मिटर जडान गरी मिटर संचालन गरी सोही अनुरुप भाडा लिनु पर्ने अनिवार्य व्यवस्था लागूू गरिएकोले सर्वसाधारणहरुले ट्याक्सी प्रयोग गर्दा मीटर अनुरुपको भाडा मात्र तिर्न र मिटर संचालन नगरी मनपरी भाडा लिएमा तत्काल यस कार्यालयको हटलाईन फोन नं. १०० वा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको १०३ मा फोन गरी सूचना दिई सहयोग गरी दिनु हुन सर्वसाधारण सबैमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।

No comments:

Post a Comment