स्थानीय सरोकारवाला र सेवा प्रदायक निकाय वीच अन्तरक्रिया सम्पन्न
कास्की । चैत १४ गते
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा सिद्ध गाविसमा स्थानीय सरोकारवाला र सेवा प्रदायक निकाय वीच अन्तरक्रिया बुधबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला विकास समितिका योजना अधिकृत निशानराज गौतमले योजना छनौट, कार्यान्वयन अनुगमन र मूल्याङ्कन विषयमा सहजीकरण गर्दै मानवअधिकार र विकास एकअर्काको परिपूरक भएकाले सेवा प्रदायक निकायहरु जनताप्रति उत्तरदायित्व रही प्रभावकारी रुपमा सेवा उपलब्ध गराउनु पर्नेमा जोड दिए । उनले जनप्रतिनिधिहरु नभएको अहिलेको अवस्थामा कर्मचारीहरुको थप जिम्मेवारी भएको उल्लेख गर्दै सरोकारवाला निकायवीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिए ।
जिल्ला बन कार्यालयका सहायक वनअधिकृत विष्णुहरि आचार्यले बनको दीगो विकास र गरीवी निवारणको लागि सामुदायिक बनको महत्वपूर्ण भूमिका भएको उल्लेख गर्दै बनको आम्दानीलाई आयमूलक कार्यक्रममा लगानी गर्नु पर्नेमा जोड दिए । जिल्ला कृषि कार्यालयका सहायक प्राविधिक सुकदेव सुवेदीले कृषि कार्यालयले कृषि व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रम, विशेष पकेट क्षेत्रमा अनुदान, ग्रामिण कृषि आत्म निर्भर कार्यक्रम सञ्चालन गरिरहेको बताउदै स्थानीयवासीहरु उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए । सिद्ध उपस्वास्थ्यचौकीका इञ्चार्ज पुरुषोत्तम गौतमले स्वास्थ्यचौकीले प्राथमिक उपचार, सुरक्षित मातृशिशु कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै भौगोलिक विकटता र सीमित साधन स्रोतको अभावमा प्रभावकारी सेवा उपलव्ध गराउन नसकेको बताए । गाविस सचिव मोहदत्त खनालले इन्सेकको कारण नागरिकमा जिम्मेवार निकायलाई जवाफदेही बनाउन सचेतना बढेको बताए । कार्यक्रममा जिल्ला विकास समितिका आन्तरिक लेखा परीक्षण अधिकृत रोमनाथ उपाध्याय, लेखाअधिकृत हरि पंगेनी, शान्त घिमिरे, गंगाबहादुर धमेल, गोपालशरण रेग्मी, लालबहादुर शाही, बाबुराम ओझा, दुर्गा पराजुली, सन्तबहादुर भुजेल, रुपलाल कुमाल लगायतले बोलेका थिए । मानवअधिकार निगरानी समुहका अध्यक्ष अमृतबहादुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्से पश्चिमाञ्चल संयोजक शिव खकुरेलले उद्देश्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन कार्यक्रम संयोजक गणेश श्रेष्ठले गरेका थिए ।

No comments:
Post a Comment