गजलकार ईश्वरमणि अधिकारीलाई शिवपुरी गजल सम्मान
पोखरा, चैत्र १४ गते ।
गजलकार ईश्वरमणि अधिकारीलाई शिवपुरी गजल सम्मान दिइने भएको छ । शिवपुरी साहित्य समाज, काठमाण्डौले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कार यस वर्ष पोखरेली साहित्यकार अधिकारीलाई दिइने भएको समाजले जनाएको छ । सो पुरस्कारबाट यसअघि गजलकार ज्ञानुवाकर पौडेल, साधना प्रतीक्षा, श्रेष्ठ प्रिया पत्थर र धनराज गिरी सम्मानित भइसक्नुभएको छ ।
पोखरामा रहेर दुई दशकदेखि साहित्यमा क्रियाशील अधिकारीलाई नेपाली साहित्यको गजल विधामा उल्लेख्य योगदान पु¥याएको भन्दै सो पुरस्कार प्रदान गर्न लागिएको समाजका अध्यक्ष वियोगी बुढाथोकीले जनाउनुभयो । वि. सं. २०२६ जेठ ३ गते भारते–१, देउराली, लमजुङमा जन्मिनुभएका अधिकारीका समयको तस्वीर (कवितासङ्ग्रह), हृदयको आलाप (गजलसङ्ग्रह) र सगरमाथा आरोही अरविन (जीवनी) प्रकाशित छन् भने निकट भविष्यमै एक कवितासङ्ग्रह प्रकाशोन्मुख रहेको छ । यसअघि समता काव्य सम्मान, गजल प्रतिभा पुरस्कार, पत्थर गजल साधना सम्मान तथा पुरस्कारलगायतबाट पुरस्कृत अधिकारी सम्मोहन साहित्यिक पत्रिका, गजल सन्ध्या, पोखरेली युवा सांस्कृतिक परिवारलगायतका संघ संस्थामा आबद्ध रहँदै आउनुभएको छ । विगत १७ वर्षदेखि क्रियाशील समाजले अधिकारीसँगै आगामी चैत्र १७ गते शनिबार काठमाण्डौमा एक कार्यक्रमका बीच विष्णु–पुष्पा साहित्यिक पत्रकारिता पुरस्कारबाट चितवनबाट प्रकाशित हाम्रो मझेरीको ५०औं अङ्कका लागि सम्पादक÷प्रकाशक पुष्प अधिकारी ‘अञ्जलि’लाई र नरबहादुर भारती सम्मानबाट चन्द्रकान्त अर्याललाई पनि सम्मान गरिने अध्यक्ष बुढाथोकीले जनाउनुभयो ।

No comments:
Post a Comment