Friday, March 29, 2013

बैकको उदार नितिका कारण मर्जको स्थिती आएको हो ःज्ञवाली माधव पनेरु पोखरा, १६ चैत्र नेपाल राष्ट्रबैकका प्रबक्ता भास्करमणी ज्ञवालीले राष्ट्र बैकको विकास बैक प्रतिको उदारबादि नीतिका कारण हाल आएर मर्ज गर्न पर्ने स्थिति आएको बताएका छन । बिग एफ एफको बहस मुलक कार्यक्रममा बिग टकम कार्यक्रममा कुराकानी गदै ज्ञवालीले बिगतको राष्ट्रबैकको उदारबादी नितिको समिक्षा अहिले भैरहेको बताए । राष्ट्रबैकले बैक प्रति लिएको उदारबादी नितिका कारण हाल आएर बिकास बैकहरुको मर्ज गर्ने परेको ज्ञवालीको भनाई थियो ।
नेपालको आर्थिक स्थिती खराब नभएको बताउदै ज्ञवालीले नेपालको अघिल्लो बर्षको तुलनामा आर्थिक बृद्धि दर बढेको बताए । नेपालको बिकासको निम्ती कृषि क्षेत्रको बिकास आबस्यक भएकोले राष्ट्रबैकले बैंक तथा वित्तिय संस्थालाई कुल लगानिको १० प्रतिशत लगानि कृषि र हाईड्रोपावरमा लगाउन बाद्यकारी नियम बनाएको बताए । उनले नियम कै कारण माघ मसान्त सम्ममा २९ अर्व बढि कृषिमा लागानी भएको बताए । आर्थिक अबस्थाको बारेमा अन्य बस्तुहरुमा भने शन्तोषजनक नरहेको बताए । उनले बेलैमा पुर्ण बजेट आउन नसकेका कारण दोहोरो अंकको मूल्यबृद्धि भएको बताए । दोहारो अंकको मुल्यबृद्धि बाहिय कारणले पनी वढेको बताए ।

No comments:

Post a Comment