प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्यु पछि दमौली तनावग्रस्त,
प्रहरी द्धारा सैयौं सेल अश्रुग्याँस प्रहार, पृथ्वीराजमार्ग दिनभर अवरुद्ध
पवन पौडेल,
तनहुँ चैत्र १६
प्रहरी नियन्त्रणमा रहेका एक युवाको मृत्यु भएको बिषयलाई लिएर शुरु भएको तोडफोड आग्जनी र अश्रुग्याँस प्रहारका कारण तनहुँको सदरमुकाम दमौली आज दिनभर तनावग्रस्त बन्यो ।
लागु पदार्थ र्दुव्यसनको आरोपमा नियन्त्रणमा लिइएका व्यास १ भादगाउँका २२ वर्षिय सुजन तामाङको मृत्यु पछि आक्रोशित मृतकका आफन्तले विहानै देखि पृथ्वीराजमार्ग अवरुद्ध पार्दै जिल्ला प्रहरी कार्यालयमा ढुंगाप्रहार गर्न थाले पछि दमौली तनाव ग्रस्त बनेको हो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सmे अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो ।
बिहिबार राती ११ बजेतिर भादगाउँबाट नियन्त्रणमा लिएका तामाङको साथबाट गाँजा बरामद भए पछि प्रहरीले उनलाई मेडिकल जाँच गरेर नियन्त्रणमा राख्ने भन्दै दमौली अस्पताल लगेको थियो । मेडिकल जाँच गराउने क्रममा प्रहरीलाई छक्याएर भाग्न सफल तामाङ अस्पताल नजिकैको मादी नदीमा हामफाल्दा छेउमा खसेको र हात तथा खुट्टा भाँचिएको अचेत अवस्थामा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।
प्रहरीले विहान पत्रकार सम्मेलन गर्दै घटना बारे जानकारी दिएको थियो । अचेत अवस्थाका उनको दमौलीमा उपचार सम्भव नभए पछि पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा ल्याइएकोमा उपचारका क्रम विहान ज्यान गएको प्रहरीको भनाई छ । सो घटना सार्वजनिक भएलगत्तै मृतकका आफन्तले प्रहरीको नियन्त्रणमा युवकको मृत्यु हुनुलाई हत्याको संज्ञा दिंदै घटनामा सामेल प्रहरी अधिकारी माथि कारबाही हुनु पर्ने माग गर्दै राजमार्ग नै अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका थिए । प्रर्दशनकारीको संख्या बढ्न थाले पछि उत्तेजित भीडले ट्राफिक प्रहरीको बिट जलार्इ दिएको थियो भने प्रहरी कार्यालयमा लगातार ढुंगा प्रहार गरेको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस प्रहार गर्यो भने १० राण्उड जति हवाईफायर समेत गरेको थियो । त्यस क्रममा केही प्रदर्शनकारी युवा घाईते समेत बनेका छन् । उता, प्रर्दशनकारीले पत्रकारहरु माथि पनि हातपात गरेका छन् । घटनाको समाचार संकलनमा गएका क्रियाशिल पत्रकार महिला तनहुँकी अध्यक्ष सोनि खनिया, भन्ज्याङ दैनिकका नारायण खड्का तथा सेतीमादी दैनिकका सरोज पोख्रेल माथि प्रर्दशनकारीले कुटपिट गर्दै र्दुव्यहार गरेका थिए । उनीहरुले खनिया र खड्काको चस्मा फुटाईदिनुका साथै हातपात गरेका थिए भने पोख्रेल माथि हातपात गर्दै क्यामेरा लुटेका थिए । यसै बीच पत्रकार माथि भएको हातपातको प्रेस युनियन तनहुँले निन्दा गरेको छ । युनियनका सचिव पवन पौडेल द्धारा जारी विज्ञप्तिमा स्वतन्त्र रुपमा पत्रकारिता गरिरहेका पत्रकारहरु माथि भएको आक्रमणले सिंगो प्रेस स्वतन्त्रताको खिल्ली उडाएको उल्लेख छ । पत्रकार माथि आक्रमण भए पछि पत्रकारले सुरक्षाको माग गर्दै प्रशासन कार्यालय अघि नाराबाजी समेत गरेका थिए । प्रहरीले समयमै पीडीतका आफन्त संग वार्ता गर्न नसक्दा स्थिती नियन्त्रणबाहिर गएको थियो । पीडित पक्षलाई वार्तामा बोलाए पनि उनीहरु केहीबेर पनि वार्ता नबसी फिर्ता भए पछि उत्तेजित भीड झनै उग्र बनेको थियो ।

No comments:
Post a Comment