Sunday, March 31, 2013

मिटर धमाका जारी छ चैत्र १८ आज जिल्ला प्रशासन कार्यालय कास्कीमा कास्कीका प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइराला को संयोजकत्वमा बसेको सरोकारवालहरु सम्मलित बैठकले बिभिन्न र्निणय गरेको छ । ट्याक्सीमा मिटर प्रयोग गर्ने बिषयमा भएको छलफलले बिभिन्न र्निणय गरेको हो ।
पूर्व निर्णयानुसार मिटर जडान नगर्ने ट्याक्सीहरुको मिटर जडानका लागि लाग्ने समय उल्लेख गरेको मिटर जडान कर्ताले दिएको चिट अनुसारको समय उपलव्ध गराउने , मिटर समायोजनको प्रकृयामा रही रातो स्टिकर टाँसेका ट्याक्सीहरुको मिटर समायोजन भै सकेपछि हरियो स्टीकर उपलव्ध गराउन १९ गते देखि ३ (तीन) दिनको समय थप गर्ने र सो अवधिमा ट्राफिक र व्यवसाय समितिले समन्वय गरी मिटर समायोजनको कार्यलाई तदारुकता दिने , पोखरा उपत्यका भित्र संचालनमा रहेका ट्याक्सीहरुको रुट परमिटरको अनुगमन गर्ने गराउने निर्णय गरियो । ट्याक्सी ब्यबशाहिहरुले भने उक्त कदमको बिरोध गरेका छन ।

No comments:

Post a Comment