Saturday, March 30, 2013

पोखरेली गजलकार ईश्वरमणि काठमाण्डौमा सम्मानित पोखरा, चैत्र १७ गते । पोखरेली गजलकार ईश्वरमणि अधिकारी शिवपुरी गजल सम्मानबाट सम्मानित हुनुभएको छ । शिवपुरी साहित्य समाज, काठमाण्डौले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कार यस वर्ष अधिकारीलाई काठमाण्डौको शिवपुरी खप्तड आश्रममा शनिबार आयोजित एक कार्यक्रका बीच प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेलले प्रदान गर्नुभएको हो ।
कार्यक्रममा अधिकारीसँगै विष्णु–पुष्पा साहित्यिक पत्रकारिता पुरस्कारबाट चितवनबाट प्रकाशित हाम्रो मझेरीको ५०औं अङ्कका लागि सम्पादक÷प्रकाशक पुष्प अधिकारी ‘अञ्जलि’लाई र नरबहादुर भारती सम्मानबाट चन्द्रकान्त अर्याललाई पनि सम्मान गरिएको थियो । समाजका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष विष्णु विभु घिमिरे, उपाध्यक्ष विष्णुबहादुर सिंह, सचिव मनोज न्यौपानेलगायतले बोल्नुभएको थियो । पोखरामा रहेर दुई दशकदेखि साहित्यमा क्रियाशील अधिकारीलाई नेपाली साहित्यको गजल विधामा उल्लेख्य योगदान पु¥याएको भन्दै सो पुरस्कार प्रदान गरिएको हा

No comments:

Post a Comment