Wednesday, March 27, 2013


तनहुँ, चैत १४
अर्काकी श्रीमतीलाई घरभित्रै गएर कुटपिट गरी मरणासन्न अवस्था पुर्याउने तनहुँका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको श्याम्घा गाविस वडा नं निवासी २९ वर्षीय सरिता विकलाई छिमेकी ३२ वर्षीय सेराली मियाँले गएराति हात खुट्टाले निर्घात कुटपिट गरी सख्त घाइते बनाएका छन्।
 
 कुटपिटबाट विकको होस नखुलेकाले दमौलीस्थित व्यासनगर अस्पतालमा सामान्य उपचारपछि पोखराको मेट्रो सिटी अस्पतालमा पठाइएको घाइतेका मामा रोमबहादुर विकले जानकारी गराए । भान्जीलाई सेरालीको पत्नी समिना बहिनी लामार मियाँ गरी तीन जना मिलेर कुटपिट गरेको उनले बताए । मियाँलाई शिशाघाट प्रहरी चौकीले नियन्त्रण लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
त्यसैगरी व्यासनगरपालिका वडा नं वेल्टारी निवासी ३५ वर्षीय पवित्रा खड्कालाई अज्ञात व्यक्तिहरुले कुटपिट गरी गरगहना लुटेका छन्। पवित्रालाई मर्स्याङ्दी नदी किनारमा फालिएको अवस्थामा फेला पारिएको हो। कुटपिटबाट अचेत अर्धनग्न अवस्थामा रहेकी खड्कालाई बुधबार बिहान घाँस काट्न गएका स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेका थिए। गोरखाको धुवाकोट गाविसस्थित अकला मन्दिरमा पूजाअर्चना गरेर फर्कने क्रममा पवित्रालाई अज्ञात व्यक्तिहरुले होलीका दिन जबर्जस्ती रङ दलेर कुटपिट गरी नदीमा फालिदिएको घाइतेका दाजु नरेन्द्र अधिकारीले बताए 

No comments:

Post a Comment