ट्याक्सीमा मिटर समायोजनका लागी ट्राफिक चेकजांच अभियान तीब्र
सागरराज तिमिल्सिना
पोखरा, १६ चैत्र
पोखरामा गुड्ने ट्याक्सीमा मिटर जडान अभियानलाई सार्थकता दिनका लागी जिल्ला प्रहरी कार्यालयले आइतबारदेखि विशेष अभियान शुरु गरे पछि ट्रयाक्सीयी आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले आज पोखरामा ट्रयाक्सी सन्चालन नै नगरी पोखरमा नयाँबजारमा रहेको कार्यालयमा आन्दोलन गरे । ट्रयाक्सी व्यवसायी र ट्रक्याक्सी व्यवसायी समिति विच आज बार्ता भै १४ बुदे सहमती भएको छ ।
सहमतिमा महङ्गी बढे अनुसार भाडा समायोजन गर्नु पर्ने, आपसी समझदारीमा चढेका लागी मिटर चलाउनु नपर्ने, गामिण क्षेत्रमा जादा मिटर सन्चालन गर्नु नपर्ने, छोटो दुरीमा न्युनतमा १ सय रुपैया तोकिनु पर्ने, प्रति किलोमिटर ३२ रुपैया रहेको अहिलेको भाडालाई बढाएर ५० रुपैया पु¥याउनु पर्ने लगाएका बुदामा सहमती भएको हो । ट्रयाक्सी व्यसायी समितिले जिल्ला प्रशासन कार्यालय सगँ एक हप्ता भित्र सहमति गर्नु पर्ने व्यवसायीको माग छ ।
पोखराको मुख्य मुख्य चोकमा ट्राफिक प्रहरीले ट्याक्सीमा मिटर चेकजांच जारी राखे पछि ट्रयाक्सी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । पोखरामा गुड्ने ट्याक्सीमा मिटर जडान गर्नका लागी प्रशासनले उर्दी जारी गरेपछि त्यसलाई सार्थकता दिनका लागी ट्राफिकले चेकजांच अभियान शुरु गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीका निमित्त प्रमुख शिव प्रसाद पाठकले वताए । ट्याक्सी ब्यवशायी समिति कास्की र गुणस्तर तथा नापतौल विभाग पोखराले ट्याक्सीमा मिटर जडानका लागी सहकार्य गरेको भएता पनि ट्याक्सीहरुले मिटर समायोजनमा चासो नदेखाएका कारण आफुहरुले मिटर समायोजनको लागी चेकजांच अभियानलाई तीब्रता दिइएको पाठकले वताए । प्रशासनले चैत्र १७ भित्र समपूर्ण ट्याक्सीहरुमा मिटर जडान गर्नुपर्ने र मिटर समायोजनमा नपरेकालाई कार्वाही गरिने चेतावनी दिएपछि चालकहरुलाई मिटर समायोजनतर्फ उन्मुख गर्नका लागी ट्राफिकले कडा चेकजांच अभियान थालेका छ । पोखरामा १३ सय ५० को हाराहारीमामात्र नापतौलमा दर्ता भएको वताए ।

No comments:
Post a Comment