तिम्ल्याहालाई एकै दिन नागरिकता
लक्ष्मीप्रसाद सापकोटा,
पर्वत १६ चैत
पर्वतको दुर्गम गाउँमा जन्मेका तिम्ल्याहाले एकै दिन नागरिकताको प्रमाणपत्र लिएका छन् ।
पर्वतको बर्राचौर गाबिस–७ का कमलप्रसाद पाध्याका तिम्ल्याहा छोराछोरीले एकै दिन नागरिकताको प्रमाणपत्र लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय पर्वतले रानीपानी गाबिसमा आयोजना गरेको घुम्ती शिबीरमा तिम्ल्याहा हेम कुमारी शर्मा, राजेश शर्मा र हेमन्त शर्मालाई बिहीबार नागरिकता दिइएको हो । उनीहरु २०५२ फागुन १८ गते जन्मिएका थिए । उनीहरु हाल नेपाल तारा उच्च माबि रानीपानीमा कक्षा ११ मा पढ्दै आएका छन् ।
यसैगरी सोही शिबीरमा मानसिक सन्तुलन गुमाएकी ९० बर्षिया महिलालाई घरमै पुगेर नागरिकता दिइएको थियो । रानीपानी गाबिस ४ मा १९८० सालमा जन्मेकी हरिकला पाध्याले अहिले सम्म बुढ्यौली र मानसिक सन्तुलन ठीक नहुँदा नागरिकताको प्रमाणपत्र पाउन नसकेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद अधिकारीले घरमै पुगेर पनि नागरिकता दिइएको बताए ।
बुधबार र बिहीबार सञ्चालन भएको शिबीरमा रानीपानी र बर्राचौर गाबिसका ३ सय २५ जनालाई नागरिकताको प्रमाणपत्र बितरण गरिएको थियो ।
No comments:
Post a Comment