Thursday, March 28, 2013


कांग्रेस महासमितिको बैठक नवलपरासीमा हुने

बालकृष्ण अधिकारी, काठमाडौं, चैत १५-
नेपाली कांग्रेसले चैत अन्तिम साता पार्टीको महासमिति बैठक गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले चैत २६ देखि २९ गतेसम्म नवलपारसीमा महासमितिको बैठक गर्ने निर्णय गरेको हो।
केन्द्रीय समितिको निर्णय लगत्तै नवलपरासी जिल्ला कार्यसमितिलाई महासतिमिको सम्पूर्ण तयारी गर्न आजै केन्द्रीय कार्यालयले पत्रचार गरिसकेको छ। यसअघि नै नवलपरासी जिल्ला कार्यसमितिले महासमिति बैठकको जिम्मा आफूहरुले लिने बताएका थिए

No comments:

Post a Comment