स्वतन्त्र पत्रकार संघ कास्कीको गम्भिर ध्यानाकर्षण
चैत्र १६
पोखराको फिर्केखोला आसपासमा अतिक्रमण भएको जग्गामा निर्माणाधिन घर तथा टहरा पोखरा उपत्यका नगरविकास समितिले हटाउने क्रममा स्थल रिपोटिङ गर्न गएका स्वतन्त्र पत्रकार संघका साधारण सदस्य तथा ए बि सी टेलिभिजनका क्षेत्रिय ब्यूरो प्रमुख एम बि आस्था र विग एफ एमका पोखरा संवाददाता गिता रानामगर माथी जग्गा अतिक्रमण गर्ने ब्यक्तिहरुवाट क्यामरा खोस्ने तथा हातपात गर्ने प्रयास गरेको र सत्यतथ्य समाचार सम्प्रेषणमा अवरोध पु¥याउन खोजेकोमा स्वतन्त्र पत्रकार संघ कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ ।
यस्ता घटनाहरुप्रति संघ घोर आपत्ती प्रकट गर्दछ, साथै पत्रकारहरुमाथी हातपात गर्ने उपर छानविन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न प्रेस विज्ञप्ति मार्फत सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित निकायसँग माग गर्दछ विज्ञप्तिमा भनिएको छ । घटनामा क्षती भएको पत्रकारको क्यामरा मर्मत तथा क्षति उपलब्ध गर्न र गराउन संवन्धित पक्षलाई आग्रह गर्दै आगामि दिनमा यस प्रकारका घटना नदोहोराउन संघ जोडदार माग गर्दछ, संघका अध्यक्ष दिपक के. श्रेष्ठ र सचिव वीरेन्द्र सापकोटाद्धारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

No comments:
Post a Comment