रमेशको अग्रतासँगै गल्फ प्रतियोगिता शुरु
पोखरा, ११ चैत
पोखरेली खेलाडीको एक स्ट्रोक अग्रता सँगै पोखरामा एमेच्योर गल्फ प्रतियोगिता शुरु भएको छ । पर्वतीय खेलकुद महासंघको आयोजनामा आईतबार देखि शुरु भएको खेलमा पोखरेली खेलाडी रमेश गुरुङले एक ओभर ७१ को कार्ड खेलेका छन् ।
विश्वकै उत्कृष्ठ गल्फ कोर्षको रुपमा परिचित हिमालयन गल्फ कोर्षमा भईरहेको प्रतिस्पर्धामा भारतीय खेलाडी लखन सिंह एक स्ट्रोकले पछि छन् । उनले दुई ओभर ७२ को स्कोरमा पहिलो दिनको खेल टुंग्याएका छन् । १८ होलको समाप्तीमा काठमाडौंका टासी घले पनि शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
घलेले पहिलो दिन सात ओभर ७७ खेले । उनीभन्दा अगाडि भारतीय खेलाडी त्रिशुल सिन्नपा पनि पाँच ओभर ७५, अरुण मुकम मसनम बंगलादेश पनि टाई खेलेका छन् । बंगलादेशका यम वि लिटन, नेपालका दिनेश प्रजापति र कमल थापा पनि आठ ओभर ७८ स्कोरमा १८ होल टुग्याएका छन् । टिम इभेण्ट तर्फभने दिल्ली गल्फ सोसाईटी र दिल्ली टिमले क्रमश पहिलो र दोस्रो स्थानमा छ । सोसाईटीको १ सय ५१ र टिमको १ सय ५४ स्कोर छ । त्यस्तै बंगलादेशी टोलीको १ सय ५८ र नेपाल तथा श्रीलंकाले १ सय ६० अंकमा टाई खेलेका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र श्रीलकांका गरी ४७ जना खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

No comments:
Post a Comment