माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएका दुवै युवतीको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उद्धारका लागि देउपुर प्रहरी चौकीवाट घटनास्थलमा पुगेको प्रहरीको टोलीले उनीहरुलाई उपचारका लागि अस्पतालमा ल्याएको थियो । उनीहरुलाई अस्पतालमा ल्याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेको प्रहरी नायब उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
Saturday, March 23, 2013
माटोको ढिस्कोले पुरिएर दुई युवतीको मृत्यु
पर्वत १० चैत
पर्वतको देउपुर गाविसमा घर लिप्ने रातो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शनिवार विहान दुई युवतीको ज्यान गएको छ ।
देउपुर गाविस–वडा नं. ७ स्थित डढुवा भन्ने ठाउँमा माटो खन्दै गर्दा सोहि गाविस वडा नं. ९ की १८ वर्षिया कमला हमाल र सोहि गाविस वडा नं. १ की इशु क्षेत्रीको ज्यान गएको हो ।
माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएका दुवै युवतीको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उद्धारका लागि देउपुर प्रहरी चौकीवाट घटनास्थलमा पुगेको प्रहरीको टोलीले उनीहरुलाई उपचारका लागि अस्पतालमा ल्याएको थियो । उनीहरुलाई अस्पतालमा ल्याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेको प्रहरी नायब उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएका दुवै युवतीको उपचारका लागि जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उद्धारका लागि देउपुर प्रहरी चौकीवाट घटनास्थलमा पुगेको प्रहरीको टोलीले उनीहरुलाई उपचारका लागि अस्पतालमा ल्याएको थियो । उनीहरुलाई अस्पतालमा ल्याउने वित्तिकै चिकित्सकले मृत घोषित गरेको प्रहरी नायब उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment