Friday, March 22, 2013

न्यायलयमा राजनीतिक प्रभाव रहदैन–शर्मा पोखरा, ९ चैत कामु प्रधानन्यायधिश दामोदर शर्माले बहालवाला प्रधानन्यायधिश(खिलराज रेग्मी)को न्यायलय क्षेत्रमा कुनै प्रभाव नपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको शुक्रबार पोखरामा सम्बोधन गर्ने क्रममा उनले न्यायलयको क्षेत्रमा रेग्मीको प्रभाव नरहने स्पष्ट पारे । ‘न्यायिक क्षेत्रमा अब बाहलवाला प्रधानन्यायधिशको राजनीतिक प्रभाव रहदैन् ।’ उनले भने–‘हाम्रो जिम्मेवारी अहिले बढेको छ । जिम्मेवारीलाई प्रभावरहित रुपमा अगाडि बढ्नुपर्ने खाँचो छ ।’ रेग्मीलाई चुनावी मन्त्रीपरिषदको अध्यक्ष बनाईएपछि न्यायलयले नै सरकार चलाएको मन्चमा सवाल उठिरहेको अवस्थामा कामु प्रधानन्यायधिश शर्माले न्यायलयले सरकार नलाएको स्पष्ट पारे । उनले स्वतन्त्र पत्रकारिता राज्यको पहिलो अंग भएको दावी गरे । न्यायलयको संरक्षण नै पत्रकारिता गर्ने हुदाँ राज्यको पहिलो अंगको रुपमा पत्रकारितालाई लिनुपर्नेमा जोड दिए । ‘स्वतन्त्रताको रक्षा पत्रकारिताले गर्छ । संविधानले औंल्याएका मौलिक अधिकार रक्षा गर्ने दायित्व पत्रकारिताले गर्दै आएको छ ।’ उनले भने–‘सूचना नलिई कलम अगाडि नबढ्ने भएकोले पनि पत्रकारिता राज्यको पहिलो अंग हो ।’
कामु प्रधानन्यायधिशले अदालतको मातहतमा रोकिएको कामकाजलाई छिटो टुग्याउने बताए । साधारण सभामा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष हरिहर विरहीले न्यायलयबाट भएका आदेश कार्यान्वय नभएको गुनासो गरे । राज्यले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक रुपमा वितरण गर्नुपर्ने पत्रकारको आवाज अदालतमा अडकिएको छ । त्यही अडकिएको पत्रकारको आवाजलाई कामु प्रधानन्यायधिशले छिटो टुग्याउने तर्फ अग्रसर रहेको बताए । सोही अवसरमा पोखराबाट प्रकाशित हुने हिमदूत पत्रकारिता पुरस्कार फोटो पत्रकार कृष्णमणि बराललाई प्रदान गरिएको छ । पुरस्कारको राशी ११ हजार र सम्मानपत्र रहेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु धमेन्द्र झा, सुरेश आचार्य, सञ्चारिक समूहकी निर्मला शर्मा, प्रेस चौतारी, प्रेस युनियन र क्रान्तिकारी पत्रकार संघका अध्यक्षहरुले समेत सम्बोधन गरेका थिए । नेपाल पत्रकार महासंघको आगामी महाधिवेशन चैत १६ गते गर्ने निर्णय गरिएको छ । चैत १६ गते निर्वााचनपछि नेतृत्व हस्तान्तरण बैशाख २० गते गरिने छ । साधारण सभामा नेपाल अधिराज्यका झण्डै एकहजार तीन सय महासंघमा आवद्ध सभासदहरुको उपस्थिति रहेको छ । आज पोखरा घोषणापत्र जारी गर्दै समापन हुने छ ।

No comments:

Post a Comment