अमेरिकासँग युद्ध गर्न क्षेप्यास्त्र र रकेट तयार : उत्तर कोरिया
उत्तर कोरियाले अमेरिकासँग युद्धका लागि तयार रहेको भन्दै क्षेप्यास्त्र र रकेट तयारी अवस्थामा राखेको बताएको छ ।
राष्ट्रपति किम जोन उनको आदेश लगत्तै सेनाले दक्षिण कोरियाली सीमा र अमेरिकी सैन्य अड्डलाइ निशाना बनाउन सक्ने गरी क्षेप्यास्त्र र रकेट तयारी अवस्थामा राखेको हो । अमेरिकाले गर्ने कुनै पनि आक्रमणको जवाफ दिने र कुनै पनि अवस्थामा एशिया प्रशान्त क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमणको आदेश हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
अमेरिकाले दुई वटा परमाणु क्षमताले लैश विमान उडाए लगत्तै उत्तर कोरियाले कडा प्रतिक्रिया जनाएको हो । यसैबीच रुसले कोरियाली प्रायद्वीपको तनाव नियन्त्रण भन्दा बाहिर जान लागेको भन्दै चेतावनी दिएको छ । विदेश मन्त्री सर्गेइ लावरोवले परिस्थिति दुष्चक्रमा फस्न सक्ने बताउनुभयो । चीनले भने सबै पक्ष मिलेर तनाव कम गर्नुपर्नेमा जोड दिँदै संयम अपनाउन आग्रह गरेको छ ।
No comments:
Post a Comment