Friday, March 29, 2013

सहमति पछि पृथ्वी राजमार्ग सुचारु तनहुँ चैत्र १६ । प्रहरी नियन्त्रणमा रहेका व्यास १ भादगाउँ निवासी सुजन तामाङको मृत्युको बिषयलाई लिएर दिनभर भएको तनावपछि अहिले भने जनजिबन सामान्य भएको छ भने साबारी साधन सुचारु भएको छ । लागु पदार्थ र्दुव्यसनको आरोपमा नियन्त्रणमा लिइएका तामाङको मृत्यु भएको थियो ।प्रहरीले तामाङलाई मेडिकल परिक्षण गर्ने क्रममा दमौली अस्पताल लगिएकामा उनी भागेर मादी नदिमा हामफाल्दा घाईते भएका र उपचारका क्रममा मृत्यु भएको बताएको छ ।तर मृतकका आफन्तले भने प्रहरीकै नियन्त्रणमा उनको मृत्यु हुनु शंकास्पद भएको भन्दै यसमा प्रहरी दोषी रहेको आरोप लगाएका छन् ।आफन्तले दोषी प्रहरीमाथि कारबाही र मृतकका परिवारलाई क्षतिपुर्तिको माग गर्दै विहान सांढे ९ बजेबाट दिनभर पृथ्वीराजमार्ग अवरुद्ध पारेकामा साँझ सहमति भएपछि बाटो सुचारु गर्ने सहमति भएपनि यो समाचार तयार पार्दासम्म राजमार्ग सुचारु हुन सकेको छैन ।
मृतकका आफन्त,प्रहरी प्रशासन र राजनीतिक दलहरुबिच भएको सर्वपक्षिय छलफलका क्रममा मृतकका परिवारलाई १५ लाख क्षतिपुर्ति र ४० हजार क्रियाखर्च राज्यपक्षबाट उपलब्ध गराउने,तामाङलाई नियन्त्रणमा लिने कार्यमा संलग्न प्रहरी सहायक निरिक्षक शंकर चितिमगरसहितका अधिकारीहरुलाई निलम्बन तथा घटनाको क्षेत्रीय प्रशासन कार्यालयबाट निष्पक्ष छानविन गर्न समिति गठन गर्ने सहमति भएपछि मृतकका आफन्तले आन्दोलन स्थगित भएको घोषणा गरेका थिए ।तर सो सहमतिलाई आक्रोशित युवाहरुले मान्न अस्विकार गरेका थिए । उनीहरुले गोली प्रहार गर्ने प्रहरीमाथि पनि कारबाही हुनुपर्ने माग राखेका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलाउदा ४ जना घाईते भएका छन् ।१ सय भन्दा बढी सेल अश्रुग्याँस प्रहार गरको थियो । त्यस्तै,१० राण्डजति हवाईफायर समेत भएको थियो उक्त अबस्थामा घाइते हुनेमा व्यास–२ गणेशमान चोकका कुशल कार्की, व्यास–११का सुरज घिसिङ्ग, नारायणगढका रविन्द्र राना र पाल्पा धरमपानीका दीपक बोगटी छन् ।कार्की, घिसिङ्ग र बोगटीलाई दमौलीमा उपचार हुन नसकेपछि पोखरा पठाइएको छ ।यस्तै,प्रहरीको लाठी प्रहारबाट युवा संघका केन्द्रिय सदस्य ऋषि भुषाल,कलेस्तीका कृष्ण बहादुर भण्डारी लगायत घाईते बनेका छन् । घाईतेको संख्या १२ भन्दा बढी छन् । तीमध्ये केही उपचारपश्चात फर्किसकेका छन् भने केहीको दमौलीका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । यस्तै,घटनामा प्रहरीतर्फ घाईते हुनेमा ईन्स्पेक्टर रामकुमार दानी,लाल बहादुर सुनाम प्रहरी सहायक निरिक्षक हुनुहुन्छ । दानीको बेलचौतारा र सुनामको पोखरामा उपचार भैरहेको बताइएको छ । जवानहरु चेली थापा मगर ,प्रकाश रानाभाट ,तुल बहादुर बराम,राजाराम थापा,लेख बहादुर बस्याल,हवल्दारहरु राम बहादुर चौधरी र दिपेन्द्र खड्का शसस्त्रका जवानहरु भुवन मगर र गणेश थापा छन् । उनीहरुको दमौलीमा उपचार भैरहेको छ ।

No comments:

Post a Comment