Saturday, March 23, 2013

मोटरसाईकल चोरी पोखरा, चैत्र १० पोखराको सिमलचौरबाट गयराति एउटा मोटरसाइकल चोरी भएको छ । घर भरतपुर भई हाल पोखरा रामकृष्ण टोलमा बस्ने हिमाल गुरुङको ग.७.प ८१५५ नं को एभेन्जर रातो मोटरसाइकल राति साढे १२ बजेको समयम सिमलचौरबाट चोरी भएको छ ।
लेकसाइडबाट फर्कदै गर्दा सिमलचौरमा पुगे पछि पल्सर बाइकमा सवार दुई जनाले फलामको रडले हानेर बेहोस बनाई मोटरसाइकल लिएर भागेको पिडित गुरुङले बताएका छन् । आफू मोटरसाइकल चलाइरहदाँ उनिहरुले बोलाएको र चिनेको भनेर मोटरसाइकल रोक्दा उल्टै फलामको रडले हानेर मोटरसाइकल लगेकोे उनले बताए । रडको प्रहारबाट पिडित गुरुङको टाउकोमा चोट लागेको छ ।

No comments:

Post a Comment