Saturday, March 23, 2013


माउण्टेन बाईक क्रसकन्ट्रीको उपाधि पण्डितलाई पोखरा, १० चैत नेपाली माउण्टेन बाईक च्याम्पियन अजय पण्डित क्षत्रीले पोखरामा शनिबार आयोजित १२ औं खुल्ला माउण्टेन बाईक क्रसकन्ट्री प्रतियोगिताको उपाधि जितेका छन् । पर्वतीय खेलकुद महासंघ द्वारा आयोजित ३७ किलोमिटर दुरीको क्रसकन्ट्रीलाई पण्डितले दुई घण्टा नौ मिनेटमा पुरा गरेर उपाधि जितेका हुन् । पोखराको लभ्ली डाडाँ वरिपरीको छ किलोमिटरको दुरीलाई छ पटक फन्को मारिएको थियो । उनले नगद १८ हजार रुपैयाँ सहित सगरमाथा ट्रफी पुरस्कार स्वरुप पाए । प्रतियोगितामा नारायणगोपाल महर्जनले दुई घण्टा १८ मिनेटमा पुरा गर्दै दोस्रो बने । महर्जनले नगद १२ हजार सहित लुम्बिनी ट्रफी हात पारे ।
दुई घण्टा २० मिनेटमा पुरा गर्दै बुद्धि बहादुर तामाङले तेस्रो स्थानमा आउन सफल भए । उनले नगद पाँच हजार सहित अन्नपुर्ण ट्रफीको हकदार बने । महिला तर्फ एक मात्र सहभागि लक्ष्मी राना मगरले २४ दशमलव ८ किलोमिटरलाई दुई घण्टा ९ मिनेटमा पुरा गरिन् । उनलाई प्रोत्साहन स्वरुप नगद दश हजार रुपैंया प्रदान गरिएको थियो । विजेता साइक्लिङ प्रतिस्पर्धीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव यवुराज लामा तथा साईक्लिङ संघ कास्कीका अध्यक्ष दिलिपराज श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख प्रकाश बरालका अनुसार प्रतियोगितामा स्वदेशी र विदेशी गरी ३६ जनको सहभागिता रहेको थियो । उनले तीन विदेशीले पनि प्रतिस्पर्धा गरेको समेत जानकारी दिए । पोखरालाई पर्वतीय खेलुदको गन्व्यस्थल बनाउन समेत प्रतियोगिताले सघाउ पु¥याउने विश्वास गरिएको छ । साहसिक पर्यटकीय गन्तव्य बन्दै आएको पोखरालाई पर्वतीय खेलकुदको पनि गन्तव्य बनाउने अभियानलाई राखेपले पनि साकार बनाउँदै लगेको छ ।

No comments:

Post a Comment