Saturday, March 23, 2013

घोडचढीको उपाधि कार्कीलाई पोखरा, १० चैत पोखरामा पहिलो आयोजना गरिएको घोडचढी प्रतियोगिताको उपाधि नेपाली सेनाका रामहरि कार्कीले जितेका छन् । पोखराको रंगशाला स्थित फुटबल मैदानमा आयोजित प्रतियोगितामा प्रथम हुँदै कार्कीले नगद २० हजार सहित सगरमाथा ट्रफी प्राप्त गरे ।
केवल छ जनाले मात्रै सहभागिता जनाएको प्रतियोगितामा जगजित घिसिङ द्धितीय भए । उनले नगद १० हजार तथा लुम्बिनी ट्रफी र राजेन्द्र बानियाँले तृतीय स्थान हासिल गर्दै नगद पाँच हजार सहित अन्नपुर्ण ट्रफी पाएका छन् । पर्वतीय खेलकुद महासंघको आयोजनामा गरिएको प्रतियोगितामा प्रतिस्पर्धीले निर्धारित दुरीलाई एक मिनेटमा पुरा गर्नु पर्ने प्रावधान थियो । एक मिनेट भित्रमा विभिन्न पाँच वटा छुट्टाछुट्टै अवरोधलाई नाघेर पार गर्नु पर्ने थियो । विदेशमा नियमित रुपमा हुने भए पनि यो घोडचढी खेल पोखरामा पहिलो भए पनि काठमाडौंमा भने आयोजना गरिएको नेपाल पर्वतीय खेलकुद महासंघले जनाएको छ ।

No comments:

Post a Comment