रेग्मी सरकार कठपुतली र नपुंशक ः थापा
चैत्र २६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले खिलाराज रेग्मी नेतत्वको सरकार कठपुतली र नपुंशक भएको आरोप लगाएका छन् । अध्यक्ष थापाले आज पोखराबाट नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राज्य कायम राख्न हस्ताक्षर संकलन अभियानको उद्घाटन पछि यस्तो विचार व्यक्त गरेका हुन । आफ्नो पार्टीले संविधानसभाको विघटनपछि पहिलो पटक प्रधानन्यायधिश नेतृत्वको चुनावी सरकारको माग गरेको उनले स्मरण गरे । चार दलिय सिण्डिकेटले रेग्मी सरकार नलायक र बेकम्पा हुँदै गएको आरोप लगाए । उनले भने–‘रेग्मी सरकार चार दलको कठपुतली र नपुंशक बनेको छ ।’ असारमा चुनाव गर्ने म्यान्डेट पाए पनि हालसम्म चुनावको मिति घोषणा नभएकोले चुनाव हुन नसक्ने उनको दावी थियो । प्रमुख दलहरु कमजोर भएकोले चुनावमा जान डराएको उनले आरोप लगाए । देशमा विदेशीको हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधिनता नै संकटमा परेको उल्लेख गर्दै उनले थपे–‘देशलाई जोगाउने अन्तिम अवसर र उपाय नै चुनाव हो ।’ मोहन वैद्य नेतृत्वमा दलहरु आन्दोलनमा रहेको तर्फ संकेत गर्दै अध्यक्ष थापाले आन्दोलनका बिचमा चुनाव हुन नसक्ने विचार व्यक्त गरे । उनले भने–‘दलहरुको आन्दोलनको सामाना गैर दलिय कर्मचारीको सरकारले गर्न सक्दैन ।’
उनले हस्ताक्षर संकलन अभियानका हस्ताक्षर गरी एक महिना लामो सो अभियानको शुभारम्भ पनि गरे । कार्यक्रममा पचास वढीले राप्रपा नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष थापाले अविर र खादा लगाएर पार्टीमा स्वागत गरे । राप्रपाका महामन्त्री चन्द्रबहादुर गुरुङले देशमा अब निर्वाचन हुनसक्ने सम्भावना कम हुँदै गएको बताए । उनले कार्यक्रममा राप्रपा नेपालले विजय प्राप्त गरे छ महिनामा सबै नेपालीको हातमा नयाँ संविधान पु¥याईदिने दाबी पनि गरे । कार्यक्रममा पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि २ करोड ४० लाख बारावरको जग्गा प्रदान गर्ने केन्द्रीय सदस्य दिलिपविकास राज भण्डारीलाई सम्मान पनि गरिएको थियो । सो अवसरका पार्टीका सल्लाहकार संयोजक लक्ष्मणबहादुर कार्कीले पनि बोलेका थिए । राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आमन्णित्र केन्द्रीय सदस्य विष्णुदेवी गुरुङ र सञ्चालन सह–अध्यक्ष वरुणविक्रम राणाले गरेका थिए ।
No comments:
Post a Comment