Saturday, March 23, 2013


क्याम्पस खोल्न महायज्ञ
सुर्खेत, चैत १०
कृषि क्याम्पस स्थापनाका लागि रकम संकलन गर्न सुर्खेत कुनाथरीको वडिडचौरमा धार्मिक महोत्सव सुरु भएको महोत्सवको उदघाटन गदै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति पाध्यापक डा. पदमलाल देवकोटाले कृषि जस्तो आवश्यक विषयको अध्ययन अध्यापनका लागि क्याम्पस खोल्ने उद्देश्य सकारात्मक रहेको बताउनुभयो । जनज्योति उच्च माविमा कृषि क्याम्पस स्थापना गर्न महोत्सव गरिएको विद्यालयका प्राचार्य नारायण सिग्देलले बताउनुभयो विद्यालयमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटीइभीटी)बाट अनुमति लिएर दुईवर्ष अघि देखिनै १५ महिने जेटिएको कक्षा संचालन हुदै आएको । चैत १७ गतेसम्म चल्ने महायज्ञमा करोड रुपैयाँ संकलन हुने आयोजकले अनुमान गरेका छन् महोत्सवको पहिलो दिन शनिबार करिब ११ लाख रुपैयाँ संकलन भएको प्राचार्य सिग्देलले जानकारी दिनुभयो 

No comments:

Post a Comment