सेनाले गरे वृद्धाश्रमको सफाई
पोखरा, ११ चैत ।
नयाँ गोरख गण फुलबारीमा तालिमरत सेती दोभान गौखर्कका करिब ७० जना सेनाहरुको टोलीले वात्साययन वृद्धाश्रम र शिवालय मन्दिरको सरसफाई गरेका छन् । सेनानी भीमबहादुर कट्टेलको नेतृत्वमा आएको टोलीले सरसफाई संगै वृद्धवृद्धाहरुका लागी खाद्यान्न वितरण समेत गरेको छ ।
टोलीले वृद्धाश्रमका लागी ४० किलो चामल, १ कार्टुन बिस्कुट, आधा किलो चियापत्ती, २ किलो चिनी, १० किलो दाल, २ किलो नुन, ३ लि. खाने तेल लगायतका खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको थियो । टोलीको नेतृत्व गरेर वृद्धाश्रम पुगेका सेनानी कट्टेलले खाद्यान्न सामाग्रीहरु वृद्धाश्रमका अध्यक्ष गोकर्ण कार्कीलाई हस्तान्तरण गरेका थिए ।
सरसफाई तथा खाद्यान्न वितरण गर्दे सेनानी कट्टेल र सह—सेनानी गुणराज अधिकारीले वृद्धवृद्धाहरुलाई सहयोग गर्न पाउँदा आफुहरु आनन्दित भएको उल्लेख गरे । आगामी दिनमा पनि सहयोगी हातहरु बढाईरहने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।
No comments:
Post a Comment