Thursday, March 28, 2013

दिप ज्योति को तयारी तिब्र चैत्र १५ पक्षघात मेरुदण्ड सहयोगार्थको लागि प्रतिक्षा सप्लायर्स एण्ड टेडिङ्ग प्रालि र दिपज्योति कला मंचले आयोजन ागर्न लागेको सास्कृतिक कार्यक्रमको तयारी जारी रहेको कार्यक्रमका संयोजक दिपक भण्डारीले बताएका छन । कार्यक्रमलाई भब्य बनाउनको लागि तयारीमा निरन्तर लागिरहेको र यस अबसरमा सहयोग गर्नको लागि सबै पोखरेलि जनसुमदायलाई अनुरोध गरेको सास्कृतिक मंचका सचिब आशिष पुन ले जानकारी दिएका छन ।
कार्यक्रममा महानायक राजेश हमाल आउने आयोजकले बताएको छ । त्यसैगरि चर्चित हास्यकलाकार सुन्तली र धुर्मस ,खडक बहादुर गबूजा ,अन्जना गुरुङ्ग , शन्तोष पुन , गभ्भीर राना , निर आले , प्रथम बिग आईकन गगन पुन , यानिमाया, सोरठी, घाँटु मारुनि , कौडा बि बोईङ्ग तथा अन्य पौराणिक लोक नृत्यहरु प्रस्तुत हुने नृत्य र्निदेशक आशिष पुनले बताएका छन । त्यस्तै स्थानिय सास्कृतिक प्रस्तुति पनि रहने छ । आगामि चैत्र २४ गते पोखरा सभागृहमा हुने कायृक्रममा पोखरेली हास्य कलाकार दिपक थापा (माफपाऊ) लगायतका कलाकारको वेजोड प्रस्तुति रहनेछ ।

No comments:

Post a Comment