Thursday, April 4, 2013

श्रीमती हत्याको अभियोगमा श्रीमान पुर्पक्षका लागि थुनामा चैत्र २२ आफ्नै श्रीमतीलाई हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्त पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको कुर्घा गाविस–३ का गोविन्दबहादुर क्षेत्री पुर्पक्षका लागि थुनामा परेका हुन् । गत फागुन २५ गते अन्तर्राष्ट्रिय नारि दिवसकै दिन रातीको समयमा मदिरा सेवन गरी आफ्नै ५१ वर्षिया श्रीमती विष्णुकुमारी क्षेत्रीलाइ हत्या गरेको अभियोगमा फागुन २६ गते पक्राउ परेका क्षेत्रीलाई बिहीवारदेखि थुनामा राख्ने आदेश भएको हो ।
बिहीवार पर्वत जिल्लाका जिल्ला न्यायधिस सुदर्शनराज पाण्डेको एकल इजलासले क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । क्षेत्रीलाई मुलुकी ऐनको ज्यान सम्वन्धि महलको १ नँ वमोजिमको कसुर गरेकाले सोही ऐनको दफा ३ वमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटना सम्बन्धि मृतकका छोरा सुर्यबहादुर क्षेत्रीले प्रहरीमा जाहेरी दिएका थिए । क्षेत्री नेपाली कांग्रेस पर्वतका जिल्ला सदस्य समेत हुन् ।

No comments:

Post a Comment