ग्लोबल आईएमईको ६३औं शाखा कुस्माबजारमा
चैत्र २२
शान्ति सुरक्षा र व्यापारिक चहलपहल बढेसंगै पर्वतमा बैंकहरु भित्रिने क्रम बढेर गएको छ । जिल्लामा रेमिट्यान्स उच्च दरमा बृद्दीहुन थालेपछि बैंकहरु समेत आकर्षित हुन थालेकाहुन् । यसै क्रममा ग्लोबल आईएमी बैंकले पर्वतको सदरमुकाम कुस्मा बजारमा आफ्नो ६३ औं शाखा स्थापना गरेको छ ।
पछिल्लो समयमा बैंकहरुले शाखा स्थापना गर्ने क्रममा ग्लोबल बैंक र आईएमई फाईनान्स मर्ज भएर सञ्चालनमा आएको ग्लोबल आईएमई बैंकको ६३औ शाखा पर्वतको सदरमुकाम कुस्मा बजारमा सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रममा बोल्दै ढकालले बैंकिङ्ग सेवा सबैलाई दिने उद्देश्यले सबै जिल्ला र बजारहरुमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले बैंकले बचत, ऋण कारोबार, रेमिटान्स तथा एबिबएस, एसएमएस, कृषि कर्जा लगायतका सेवा समेत ग्राहकलाई दिइने जानकारी दिनुभयो । शाखाको बैंकका कार्यकारी अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभएको छ । देशभरी आफ्नो सञ्जाल फैलाउने र ग्राहकहरुलाई बैंकिङ्ग सेवा सहज रुपमा दिने उद्देश्यले शाखा संचालन गरिएको ढकालको भनाई छ । काठमाण्डौमा मुख्य कार्यालय रहेको सो बैंकले पर्वत लगायत धौलागिरीका बाग्लुङ्ग, कुश्मिसेरा लगायतका क्षेत्रबाट समेत सेवा दिएको र जिल्लाका अन्य ब्यापारिक ठाउँहरुमा समेत शाखा स्थापना गर्ने सोच रहेको बैंकले जनाएको छ । बैंकले सबै क्षेत्र र वर्गलाई सेवा दिने उद्देश्य भएकाले सबै वर्ग र क्षेत्रका व्यक्तिहरु लाभान्वित हुने भएका छन् । बैंकको कुल ३ अर्व अधिकृत पूँजी र चुक्ता पुंजी २ अर्व २५ करोड रहेको छ भने कुल निक्षेप २९ अर्व ३१ करोड रहेको बताईएको छ । साथै बैंकका ३ लाख १९ हजार ग्राहक रहेकाछन् । बैंकको २४ अर्व ४४ करोड कर्जा रहेको शाखाले जनाएको छ । अहिले सम्म ६३ शाखा र ६२ वटा एटिएमबाट मुलुकका ठुला शहर तथा जिल्लाका साना बजार सम्म सेवा दिदै आएको बैंकले केही दिन भित्रै कर्णाली अञ्चलमा समेत सेवा विस्तार गर्ने बताईएको छ । जिल्लाको सदरमुकाम लगायत अन्य व्यापारिक केन्द्रहरु सँगै अहिले पर्वतमा करिब १५ वटा बैंकहरु र त्यतिनै संख्यामा फाईनान्स कम्पनी तथा सहकारीले बैंकिङ्ग सेवा पु¥याउँदै आएकाछन् । जिल्लाका युवाहरु बैदेशिक रोजगारका क्रममा बिभिन्न देशमा गएका कारण जिल्लामा रेमिट्यान्स भित्रिने दर पनि बढि भएकाले बैंकहरुको मुख्य आकर्षण बढ्दै गएको हो ।

No comments:
Post a Comment