रोटरी क्लव अफ पर्वतवाट एक प्राथमिक विद्यालयलाई वेन्चडेस्क हस्तान्तरण
२१ चैत्र, २०६९
कुश्मा, पर्वत ।
रोटरी क्लव अफ पर्वतद्धारा पर्वत शिवालय गाविस, वडा नं. २ गोदाम स्थित युवा वर्ष प्राथमिक विद्यालयलाई एक समारोहका विच डेस्क वेन्च हस्तान्तरण गरिएको छ ।
विश्वकै सवैभन्दा पुरानो अन्तर्राष्ट्रिय सेवामुलक संस्था रोटरी इन्टरनेशनल अन्र्तगत तीन वर्ष पहिले पर्वत जिल्लामा स्थापित उक्त क्लवले जिल्ला सदरमुकाम भित्र रहेको भएता पनि भौतिक सुविधा अभाव भएको तथा अत्यन्त सुविधा विहिन, दलित समुदायका वालवालिकाले अध्यायन गर्ने भएको हुँदा उक्त विद्यालयलाई डेस्कवेन्च सहयोग गरिएको क्लवले जनाएको छ ।
भौतिक सामाग्री हस्तान्तरण समारोहमा वोल्दै क्लवका संस्थापक अध्यक्ष एवम् प्रमुख अतिथि विश्व प्रकाश प्रसाईले क्लवले विभिन्न सेवामुलक सामाजिक कार्यमा सहयोग पु¥याउने क्रममा विशेष गरी विपन्न तथा वन्चितीमा परेका दलित समुदायका बालकालिकाको शैक्षिक सुधार होस भन्ने हेतुले यस विद्यालयलाई डेस्कवेन्च उपलव्ध गराएको वताउनु भयो । रोटरीयनहरुको आफ्नो कमाईको सानो अंशले समाजका दिनदुखीहरुको सेवा गर्न पाँउदा गौरव महशुस भएको वताउदै उहाँले समाजका सवै सक्षम व्यक्तिहरुले आफ्नो कमाईको केही अंश समाजका लागि समर्पण गर्न सकेमा मात्र समतामुलक समाजको स्थापना हुने कु्रामा जोड दिनु भयो । कार्यक्रममा क्लवका आगामी अध्यक्ष शिव शर्मा पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा गिरी, निमित्त प्रधानध्यापक खड्कराज गिरी, शिक्षक अभिभावक संघका अध्यक्ष डम्वर वहादुर नेपाली, रोटरीयन ओम प्रसाद उपाध्याय, गणेश पौडेल, रमेश लामिछाने, चन्द्र वहादुर खत्री लगायतले रोटरी क्लवको सामाजिक योगदानको विविध विषयमा चर्चा गर्नु भएको थियो ।

No comments:
Post a Comment