Thursday, April 11, 2013


जलकुम्भी र फेवा अप्रेशन तथा सामाजिक अपराध नियन्त्रणको क्रममा पक्राउ
चैत्र २९
जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा विगत २ महिना देखि संचालित विभिन्न अप्रेशनको क्रममा हालसम्म बिभिन्न कार्वाही गरेको छ ।

प्रहरीले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा चैत्र २८ गते  पोखरा उपमहानगरपालिका वडा नं. १२ पुरानो धाराका रविन पौडेल र सन्जिव गुरुङमाथि सांघातिक रुपले खुकुरी लगायतका हतियारले प्रहार गरेको घटनामा संलग्न २ जनालाई खुकुरी सहित वडा प्रहरी कार्यालय रामबजारद्धारा पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा जिल्ला गोर्खा, मानबू स्थायी घर भै हाल पोखरा ११, फुलबारी बस्ने इश्वर कार्की र काहुँडाँडा २ बस्ने कुमार बस्नेत रहेका छन । उक्त घटनामा संलग्न रही फरार भएका थप ३ जनाको खोजतलासको कार्य भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गएको २७ गते   राती ८ः४५ बजे पोखरा ८ सृजनाचोकमा बोत्तल प्रहार गर्ने
भक्तपुर सल्लाघारी १  घर भएका  पोखरा ८ सृजनाचोक डेरा गरी बस्ने सोनाम श्रेष्ठलाई
सृजनाचोकबाट अस्थाई.पहरी पोष्ट सृजनाचोकले पक्राउ गरि कारवाहीको लागि वडा प्रहरी
कार्यालय बैदाममा बुझाएको थियो ।
त्यसैगरि यौनजन्य कृयाकलापमा संलंग्न विभिन्न मितिमा पृथ्वीचोक, बाग्लुङ्गबसपार्क लगायतका ठाउँहरुबाट ५ जना महिला र १२ पुरुषलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धामा कारवाही चलाईएको ।

No comments:

Post a Comment