फोहोरबाट विद्युत उत्पादन
पोखरा, ४ बैशाख
पोखरामा दैनिक ६० टन फोहोर उत्पादन हुने गरेको छ । उत्पादित फोहोरलाई पोखरा उपमहानगरपालिकाले ल्याण्डफिल साईटमा व्यवस्थापन गर्दै आएको छ । दैनिक उत्पादन हुने फोहोरलाई अब ल्याण्डफिल साईटमा व्यवस्थापन नभई बिजुली उत्पादनमा प्रयोग गर्न प्रारम्भिक अध्ययन शुरु गरिएको छ । फोहोरबाट विद्युत उत्पादन गर्न सकिए एकातिर फोहोरको व्यवस्थापन र अर्कोतिर लोडसेडिङ घटाउन महत्वपूर्ण हुने समेत छ ।
फोहोरबाट विद्युत उत्पादनको लागि तीन संस्थाले बुधबार पोखरा उपमहानगरपालिकासित छलफल ग¥यो । नेपालको गोल्डरस प्रालि, अमेरिकाको इनर्जी डायनामिक कर्पोरेशन र अमेरिकाकै हाईप्रोरिक स्प्रलिङ स्टिम इन्जीन नामक संस्थाका प्रतिनिधिले पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीसँगै अन्य पदाधिकारीसँग छलफल गरेको थियो । छलफलमा गोल्डरस प्रालिका निर्देशक पुजा चन्दले फोहोरबाट विद्युत उत्पादन सम्बन्धी प्रस्तुतीकरण गरेकी थिईन् ।
‘विद्युत उत्पादनको लागि ८० टन फोहोर आवश्यकता पर्छ ।’–गोल्डरस प्रालिका निर्देशक पुजा चन्दको भनाईलाई उद्धृत गर्दै पोखरा उपमहानगरपालिकाका प्रवक्ता अनन्तप्रसाद कोइरालाले भने– ‘त्यसबाट चार मेगावाट विद्युत उत्पादन हुन्छ ।’ विद्युत उत्पादनको लागि घरबाट निस्कने सम्पूर्ण फोहोर उपयोग गर्न सकिने छ । धातु तथा सिसाजन्य फोहोर भने छुट्टाउनुपर्नेमा निर्देशक चन्दको भनाई थियो ।
विकसित मुलुकमा फोहोरबाट विद्युत उत्पादन गर्ने गरिएको बताउँदै निर्देशक चन्दले पोखरालाई ‘ग्रीन एण्ड लोडसेडिङ फ्रि सिटी’ बनाउन सकिने जानकारी दिईन् । फोहोरलाई टर्वाइनको माध्यमबाट विद्युत उत्पादन गर्न सकिने प्रस्तुतीकरणमा देखाईएको थियो । डढेको फोहोरको खरानी समेत सिमेन्ट उद्योगलाई प्रयोग गर्न सकिने समेत छलफलको क्रममा जानकारी दिइएको प्रवक्ता कोइरालाले बताए ।
चार मेगावाट विद्युत उत्पादन गर्न पोखरामा उत्पादन हुने फोहोर पर्याप्त नहुने भएपनि लेखनाथ र अन्य गाविसको फोहोर संकलन गर्न सकिने अवधारणा समेत गोल्डरस प्रालिले ल्याएको थियो । विद्युत उत्पादन गर्ने उपकरणको लागि मात्रै दुई अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । ‘उपकरणको लागि मात्रै एक करोड ७० लाख डलर लागत लाग्छ ।’प्रवक्ता कोइरालाले भने– ‘योजना राम्रो भएपनि लागत बढी लाग्ने भएकोले नगरपालिकाले पनि अन्य क्षेत्रसँग छलफल गर्ने छ ।’
पोखरा उपमहानगरपालिकाले ल्याण्डफिल साईट सञ्चालनको लागि एक दशकमा एक अर्ब भन्दा बढी लगानी गरिसकेको छ । स्रोत र सधानको अभावले पनि उपमहानगरपालिकाले लिजमा पनि दिने योजना समेत सोंच बनाउने उनले बताए । ‘फोहोरबाट विद्युत उत्पादन गरेर सफा सुन्दर शहर बनाउने योजनालाई मुर्त रुप दिन सरकारले पनि सहयोग गर्नुपर्ने खाँचो छ ।’ उनले भने– ‘उपमहानगरपालिकाले पनि लगानीकर्तासँग छलफल गरेर दातृ संस्था खोज्ने छ ।’ पोखरामा दैनिक १० देखि २० मेगावाट विद्युत खपत हुन्छ । विभिन्न ठाँउबाट विद्युत उत्पादन गरेर लोडसेडिङको मार खेप्नुपर्ने बाध्यता छ । कास्की जिल्लाबाट मात्रै ५–७ मेगावाट विद्युत उत्पादन हुने गरेको छ । केही जलविद्युत परियोजना निर्माणको तयारीमा छन् ।

No comments:
Post a Comment