Monday, April 8, 2013


आफैंले बनाएको सरकारको विरोध गर्नु प्रचण्डको राजनीतिक बेइमानी'

नेपालगन्ज, चैत्र २६
 नेकपा-माओवादीका pkfWoIf  सीपी गजुरेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै योजना अनुरुप बनाएको सरकारको विरोध गरेर 'राजनीतिक बेइमानी' गरेको आरोप लगाएका छन्

कैलालीबाट काठमाडौं जाने क्रममा सोमबार  नेपालगन्ज विमान स्थलमा पुगेका संवादतादातहरुसँग कुरा गर्दै असारबाट मंसिरमा निर्वाचन सार्ने सरकारको निर्णयप्रति असहमत हुनुलाई  राजनीतिक बेइमानीको संज्ञा दिएका हुन 'प्रचण्ड आफैंले सरकार बनाउने, असार वा मंसिरमा निर्वाचन गरे हुन्छ भन्दै दस्तखत गर्ने  त्यही सरकारले मंसिरसम्म चुनाव सार्दा  मान्दैनौं भन्नुले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीदेखि निर्वाचनको सम्पूर्ण प्रकृयालाई संकटमा पारको ,' गजुरेको टिप्पणी थियो  गजुरेलले आफ्नो पार्टी  निर्वाचनको विरोधी नभएको उल्लेख गर्दै त्यसका लागि पहिले आधारहरु  तयार पारी सरकारको नेतृत्व परिवर्तन गरे निर्वाचनमा जाने बताए 'संविधान बन्ने सुनिश्चित गर्नुपर्यो,' गजुरेलले भने

No comments:

Post a Comment