सिद्ध गाविसलाई विद्युतीकरण गर्न माग गर्दैै ध्यानाकर्षण
कास्की । चैत १९ गते
मानवअधिकार निगरानी समुहले सिद्ध गाविसमा विद्युतीकरण हुनु पर्ने माग गर्दै नेपाल विद्युत प्राधिकरण गगनगौंडा शाखा लेखनाथमा सोमबार ध्यानाकर्षण गराएका छन् ।
जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले विद्युत प्राधिकरणमा ध्यानाकर्षण गराएको हो । मानवअधिकार निगरानी समुह सिद्धका अध्यक्ष अमृतबहादुर आचार्यले कास्कीको दक्षिणपूर्वी सिद्ध गाविसको वडा नम्बर ४, ६ र ७ मा विद्युतीकरण विस्तार गर्न माग गर्दै प्राधिकरणको ध्यानाकर्षण गराए । नेपाल विद्युत प्राधिकरण गगनगौंडा शाखाका प्रमुख इन्द्रबहादुर जिसीले बजेटको अभावमा विद्युतीकरण हुन नसकेको उल्लेख गर्दै बजेट निकासा भएमा सिद्ध गाविसलाई प्राथमिकता दिएर काम गरिने बताए ।

No comments:
Post a Comment